Skip This
नेपालनिवासमा डेढ घण्टादेखि छलफल जारी, पुरानो तितोपन मेटाउने प्रयास
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
प्रेम गौतम काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार २o:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालनिवासमा डेढ घण्टादेखि छलफल जारी, पुरानो तितोपन मेटाउने प्रयास

Read Time : < 1 मिनेट
प्रेम गौतम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार २o:o४:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली डेढ घण्टादेखि छलफल गरिरहेका छन्।

परिवर्तित सन्दर्भमा एकीकृत समाजवादीलाई समेत नयाँ सत्तागठबन्धनमा सहभागी हुन प्रस्ताव लिएर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली कोटेश्वरस्थित नेपालनिवास पुगेका हुन्। 

छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल पनि सहभागी छन्। पौडेल र पोखरेल भने प्रधानमन्त्री र एमाले अध्यक्ष पुग्नुभन्दा पनि निकै अघिदेखि नेपालसँग छलफलमा थिए। 

अहिलेको छलफल नयाँ सत्तागठबन्धनमा सहभागितासँगै वामपन्थी एकताको विषयमा पनि केन्द्रित रहेको बताइएको छ। 

एमाले पार्टी विभाजनपछि ओली र नेपालबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन। राष्ट्रपति निर्वाचनको समयमा दुई नेताबीच दुईपटकसम्म भेटवार्ता भए पनि ती भेटले दुई नेताबीचको मनमुटाव मेटाउन सकेको थिएन। 

अहिले भने पुराना तिक्तता मेट्दै नयाँ यात्राको लागि नयाँ विन्दु पहिल्याउन केन्द्रित रहेको नेताहरूले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले हिजो पनि नेपालनिवास पुगेर छलफल गरेका थिए भने नेपालसँग ओलीले हिजो टेलिफोनमा कुराकानी गरेका थिए। 

ad
ad