१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रमेश रावल सुर्खेत
२०८० फाल्गुण २२ मंगलबार ११:३४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णालीमा कांग्रेसका तीन मन्त्रीले राजीनामा दिँदै

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०८० फाल्गुण २२ मंगलबार ११:३४:००

कर्णाली प्रदेश सरकारमा सामेल कांग्रेसका तीनजना मन्त्रीले आज राजीनामा दिने भएका छन्। केन्द्रमा सत्तासमीकरण बदलिएसँगै कर्णालीमा सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने भएका हुन्।

कांग्रेसबाट अर्थमा वेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार बिसीले मन्त्री पदबाट राजीनामा दिन लागेका छन्।

आज नै मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी भइरहेको कांग्रेसबाट सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले बताए। उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए। राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्न लागेका छन्।