Skip This
चुनावपछि अमेरिका–चीन सम्बन्धमा सुधार आउने बेइजिङको विश्वास
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २१ सोमबार
  • Saturday, 27 July, 2024
रासस बेइजिङ
२o८o फाल्गुण २१ सोमबार १३:१६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चुनावपछि अमेरिका–चीन सम्बन्धमा सुधार आउने बेइजिङको विश्वास

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o८o फाल्गुण २१ सोमबार १३:१६:oo

चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जोसुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार आउने आशा व्यक्त गरेको छ।

बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापार, मानव अधिकारका साथै ताइवान र दक्षिण चीन सागरमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराव छ।

ह्वाइटहाउसको नेतृत्वका लागि राष्ट्रपति जो बाइडेनविरुद्ध पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चुनौती दिने गरी आगामी नोभेम्बरमा हुने चुनावमा अमेरिकीहरूले भाग लिनेछन्।

‘तपाईंले अमेरिकी राष्ट्रपतिको चुनावबारे उल्लेख गर्नुभयो, यो संयुक्त राज्य अमेरिकाको आन्तरिक मामिला हो,’ चिनियाँ संसद्का प्रवक्ता लु किन्जियानले सोमबार पत्रकार सम्मेलनमा भने।

‘संयुक्त राज्य अमेरिकाले चीनसँग जोसुकै राष्ट्रपति भए पनि अमेरिकाले एउटै लक्ष्यका साथ अर्थात् स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्धका लागि काम गर्न सक्छ भन्नेमा हामी पूर्ण आशा गर्छौँ,’ लुले भने।

चीनको स्थिति स्थिर रहेको र चीन–अमेरिकाबीचको सम्बन्ध स्थिर र सुधारिएको अवस्थामा देख्न सबै आतुर रहेको उनले बताए।