सत्तागठबन्धनको परिवर्तनसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ। सोमबार दिउँसो सवा १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको हो।
आजको बैठक विशेष कारणले स्थगित हुन पुगेको संसद् सचिवालयले जनाएको छ। अर्को बैठक २४ फागुनको दिउँसो सवा १ बजे बस्नेछ। आजको प्रतिनिधिसभाको बैठक पनि २४ फागुनसम्मका लागि स्थगित भएको छ।