१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाली ट्रेड युनियन आन्दोलनको ७७औँ स्थापना दिवस : १६ देशका मजदुर नेता नेपाल आउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:o८:oo

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले  प्रत्येक वर्ष २१ फागुनलाई ‘नेपाली ट्रेड युनियन आन्दोलन स्थापना दिवस’का रूपमा मनाउने घोषणा गरेको छ। 

पुतलीसडकस्थित आफ्नो केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जिफन्टले यस्तो घोषणा गरेको हो। 

जिफन्टका महासचिव लक्ष्मण शर्माले २१ फागुनमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा ७७औँ वार्षिकोत्सव समारोहको उद्घाटन गरिने जानकारी गराए। उनका अनुसार समारोहमा विभिन्न १६ देशका ट्रेड युनियन प्रतिनिधिहरूले भाग लिनेछन्। 

२१ फागुन २००३ मा तत्कालीन वामपन्थी नेता मनमोहन अधिकारी र नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अगुवाइमा नेपालमा ट्रेड युनियन आन्दोलनको प्रारम्भ भएको बताउँदै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले पछिल्लो समय यो आन्दोलन राजनीतिक अभीष्ट पूरा गर्ने माध्यम बन्दै गएकोमा दुःख व्यक्त गरे। 

‘ट्रेड युनियन आन्दोलन वर्गीय हो। तर, यसलाई राजनीतिक हिसाबले विभाजित गरिँदै छ,’ उनले भने। पछिल्लो समय ट्रेड युनियन आन्दोलन कमजोर बन्दै गएको स्विकार्दै अध्यक्ष श्रेष्ठले यसको दोष वर्तमान सत्तागठबन्धन भएको दाबी गरे। 

नेपालको ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाउन अहिलेको सत्तागठबन्धनले नक्कली ट्रेड युनियनहरू खडा गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले जनाएको छ।   

‘योगदानमा आधारित सामाजिक सुरक्षालाई फितलो बनाउने प्रयत्न भइरहेको छ,’ अध्यक्ष श्रेष्ठले पत्रकार भेटघाटमा भने। उनले वैदेशिक रोजगारीलाई युवाहरूमा बाध्यात्मक बन्दै जानु ट्रेड युनियनहरूमाथिको प्रहारको परिणाम भएको उनको भनाइ छ।

श्रमजीवी वर्गका सबैखाले समस्यालाई समाधन गर्दै सुमधुर श्रम सम्बन्ध, औद्योगिक शान्ति र श्रमिकको सामाजिक आर्थिक रूपान्तरणमा लाग्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै जिफन्टले अब हरेक वर्षको २१ फागुनलाई मजदुरहरूको महान चाडको रूपमा मनाउने घोषणा गरेको छ। 

ad
ad