१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख १९ बुधबार १८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अनुश मृत्यु प्रकरण : बेलाैरीका वडाध्यक्ष रानासहित ६ जना पक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:४३:oo

कञ्चनपुरको बेलौरी नगरपालिका एक युवक मृत्यु प्रकरणमा वडाध्यक्षसहितका युवक पक्राउ परेका छन्। २४ कात्तिक ०८० मा बेलौरी नगरपालिका- ९ रतनपुर भतपुरीबस्तीका अनुश राना मृत फेला परेका थिए। 

२४ वर्षीया राना गाउँनजिकै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। उति वेला उनको आत्महत्या भएको हुन सक्ने भन्दै सोहीअनुरूप मृतक परिवारले कसैविरुद्धमा उजुरी दिएको थिएन। गत माघमा मृतक परिवारले वडाध्यक्षसहितका युवकविरुद्धमा किटानी जाहेरी दिएपछि प्रहरीले बेलौरी नगरपालिका- ९ का वडाध्यक्ष किसान रानासहितका ६ युवकलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले मृतक पक्षबाट दिएको उजुरीका आधारमा वडाध्यक्षसहितका युवकहरूलाई पक्राउ गरिएको बताए। 

प्रवक्ता डाँगीका अनुसार स्थानीय दुःखी राना, सुकदेव राना, भंगी राना, सूरज राना र अनिरुद्र रानालाई पक्राउ गरिएको छ। किटानी दिएका आधारमा वडाध्यक्षसहितका युवकमाथि छानबिन गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 
मृतक परिवार पक्षबाट दिएको किटानीका आधारमा घटनाको अनुसन्धानका लागि वडाध्यक्षसहितका युवकहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको बताए। ‘जाहेरी कर्तव्य ज्यानअन्तर्गत परेको छ, ‘प्रवक्ता डाँगीले भने, ‘अदालतबाट १०दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।’ 

कात्तिकमा भएको घटना माघमा आएर किटानी दिएको भन्दै स्थानीयले अनुश राना मृत्यु प्रकरण हत्या वा आत्महत्या के हो भन्ने विषयमा अन्योलता छाएको बताएका छन्। 

ad
ad