१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १६ बुधबार १४:३८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

लगातार विकेट गुमाएपछि नेपाल ब्याकफुटमा, सन्दीप र सोमपाल पनि चलेनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १६ बुधबार १४:३८:००

नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पूरा गर्ने दिशामा अघि बढिरहेको नेपाल एकाएक ब्याकफुटमा आएको छ । 

पछिल्ला २५ बल खेलेर २९ रन बनाउँदा चार विकेट गुमाएपछि नेपाल ब्याकफुटमा आएको हो । यसबीच कुशल मल्ल, कप्तान रोहितकुमार पौडेल, सन्दीप जोरा र सोमपाल कामीलाई गुमाएको छ । 

नेपालले ११.२ ओभरमा ९७ रनको अवस्थामा कुशल आउट भएका थिए । मात्र तीन रन थाप्दा सोही ओभरको अन्तिम बलमा रोहित पनि आफ्नो विकेट गुमाउन पुगे । 

त्यसपछि दीपेन्द्रसिंह ऐरी र सन्दीप जोर क्रिजमा थिए । सन्दीप १४.६ ओभरमा एक सय २५ रनको अवस्थामा व्यक्तिगत आठ रन बनाएर पेभेलियन फर्किए । टिम भान डर गुग्टेनकोे बलमा क्रस ब्याट चलाउन खोल्न उनी एलबिडब्लू धरापमा परेका थिए । 

लगत्तै एक सय २६ रनको अवस्थामा नेपालले सोमपाललाई गुमायो । लगातार विकेट गुमेपछि दबाबमा आएका वेला केहीबेर टिकेर खेल्नुपर्नेमा सोमपाल पहिलो बलमै ठूलो सट प्रहार गर्न खोज्दा सहजै विकेट गुमाउन पुगे । सोमपालको विकेट शून्य रनको अवस्थामा आर्यन दत्तले विकेट लिए ।