मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण १४ सोमबार
  • Friday, 14 August, 2026
२o८o फाल्गुण १४ सोमबार १८:२४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

लदी पर्वका दिन बकैया र बागमती गाउँपालिकामा सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १४ सोमबार १८:२४:oo

मकवानपुरको पूर्वी गाउँपालिकाहरू बागमती र बकैयाले माझी समुदायको मुख्य पर्व लदीका अवसरमा सार्वजनिक बिदाको घोषणा गरेका छन्।

पालिकाहरूले सार्वजनिक सूचना जारी गर्दै यही फागुन १५ गते मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्। माझी समुदायको पर्व लदी (कोशी पूजा)को अवसरमा दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन्।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान र बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा हस्ताक्षरित छुट्टाछुट्टै सूचनामा माझी समुदायको मौलिक पर्व लदीको अवसरमा बिदा दिइएको उल्लेख छ।

सो दिन पालिकाको अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्रमा बिदा दिइएको छ। पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्थाहरू मंगलबार बन्द रहने सूचनामा उल्लेख छ।