१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रसूतिगृहबाट २६ दिनको बच्चा चोरीमा संलग्न महिला पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:५२:oo

बच्चा चोरीमा संलग्न महिला सहित उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र उनको दिदी शारदा शाहीलाई पनि प्रहरीले काँडाघारीको डेराबाट नियन्त्रणमा लिएकाे छ

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट बच्चा चोरी गर्ने महिला पक्राउ परेकी छिन् । बच्चा चोरीमा संलग्न महिला सहित उनका श्रीमान् र अर्की एक महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उपचारको फलोअपका लागि अस्पताल ल्याइएको बच्चा शुक्रबार बिहान ११ बजेतिर अस्पतालबाटै चोरी भएको थियो । काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठले बोकिराखेकी २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले चोरेर फरार भएकी थिइन् ।

फरार भएकी महिलालाई प्रहरीले गएराति कागेश्वरी मनोहरा नगरपालिका वडा नं-९ काँडाघारीबाट पक्राउ गरेको छ । दैलेखको नौमुले गाउँपालीका-१ घर भई काठमाडौंको काँडाघारी बस्ने २४ वर्षीया महिलालाई प्रहरी गएराति नियन्त्रण लिएको हो । 

चोरीमा संलग्न महिला सहित उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र उनको दिदी शारदा शाहीलाई पनि काँडाघारीको डेराबाट प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाएको छ । उद्धार गरिएको शिशुको अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा अभिभावकको साथमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बच्चामा जन्डिसको समस्या देखिएर उनकी आमा सविना र काकीले उपचारका लागि शुक्रबार बिहान अस्पताल ल्याएका थिए । नवजात शिशुमा समस्या देखिएपछि तीन दिन अस्पताल राखेर दुई दिनअघि मात्रै डिस्चार्ज गरिएको थियो । थप उपचारका लागि शुक्रबार अस्पताल ल्याइएको थियो । 

अस्पतालको कम्पाउन्डमा घाम ताप्न आमासँगै रहेका वेला बच्चा चोरी भएको प्रहरीले जनाएको छ । बच्चा र आमासँगै अस्पताल आएकी आफन्त (बच्चाकी काकी) स्वास्थ्य परीक्षणको रिपोर्ट लिन गएको समयमा ती अपरिचित महिलाले एकछिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगी फरार भएकी थिइन् ।

ad
ad