Skip This
आइएमई पेले ल्यायो डिजिटल बिमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o फाल्गुण ११ शुक्रबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ११ शुक्रबार १२:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई पेले ल्यायो डिजिटल बिमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ११ शुक्रबार १२:१५:oo

आइएमई पेले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ बिमा सुविधा सार्वजनिक गरेको छ।

आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमाअन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ।

मात्र रु. ३६५ मा प्राप्त गर्न सकिने यो सेवामार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँसम्मको  बिमा दाबी प्राप्त गर्न सक्नुका साथै बिमित व्यक्तिले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यस व्यक्तिगत दुर्घटना बिमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता,  नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा  अन्त्येष्टि खर्चहरूसमेत समेटेको छ।

डिजिटल फाइनान्सियल सर्भिसमार्फत बिमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोसेढुंगा साबित हुने विश्वास लिएको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।