१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नागरिकको जीवनमाथि खेलबाड नगर्न सरकारलाई एमालेको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१७:oo

एमालेले नागरिकको जीवनमा खेलबाड नगर्न सरकारलाई चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रहरीद्वारा अन्धाधुन्ध बल प्रयोगका कारण ललितपुरको बालकुमारीमा दुई र सर्लाहीको बरहथवामा एकजना युवाले अनाहकमा ज्यान गुमाएको भन्दै दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

प्रदीप ज्ञवाली, उपमहासचिव, एमाले
गठबन्धनका मान्छे मुछिएका मुद्दाहरूमा पक्षपातपूर्ण न्यायनिरूपण आमविषय बनेको छ । सरकारकै संरक्षणमा तस्करी र अवैध कारोबारीहरूमार्फत समानान्तर अर्थतन्त्र चलाइएका कारण राजस्व संकलन निरन्तर घटिरहेको छ । अन्तर्राष्ट्रिय संस्थाहरूको दृष्टिमा नेपालको विश्वसनीयता र साख खस्किँदै गएको छ । 

‘उक्त घटनाप्रति खेद व्यक्त गर्दै दोषीहरूलाई कारबाही गर्न, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन र नागरिकको जीवनमा खेलबाड नगर्न सरकारलाई चेतावनी दिन्छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न एमालेले माग गरेको छ ।

गठबन्धन सरकारको कुशासन, राज्य सञ्चालनमा बढिरहेका बेथिति एवं गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयव संकटग्रस्त बन्दै गएको एमालेको दाबी छ । राज्य सञ्चालनको जिम्मेवारी लिएका गलत पात्रहरूका कारण लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमाथि चुनौती थपिँदै गएको दाबी एमालेले गरेको छ ।

‘गठबन्धन सरकारको कुशासन, राज्य सञ्चालनमा बढिरहेका बेथिति एवं गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयव संकटग्रस्त बन्दै गएका छन् । राज्य सञ्चालनको जिम्मेवारी लिएका गलत पात्रहरूका कारण लोकतान्त्रिक–गणतान्त्रिक प्रणालीमाथि नै चुनौती थपिँदै गएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

गठबन्धन सरकार र गलत प्रवृत्तिका पात्रले राष्ट्रिय हितमा आघात पुर्‍याएको निष्कर्ष बैठकले निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । गठबन्धनमा आबद्ध भएकै कारण ललितानिवास, सुन काण्डलगायतका घटनामा उन्मुक्ति दिने काम भएको उनले आरोप लगाए । ‘गठबन्धनका मान्छे मुछिएका मुद्दाहरूमा पक्षपातपूर्ण न्यायनिरूपण आमविषय बनेको छ । सरकारकै संरक्षणमा तस्करी र अवैध कारोबारीहरूमार्फत समानान्तर अर्थतन्त्र चलाइएका कारण राजस्व संकलन निरन्तर घटिरहेको छ । अन्तर्राष्ट्रिय संस्थाहरूको दृष्टिमा नेपालको विश्वसनीयता र साख खस्किँदै गएको छ । बैठक तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ,’ ज्ञवालीले भने । 

बैठकमा नौ समूहको छलफलबाट निकालिएका निष्कर्षलाई सुझावका रूपमा प्रस्तुत गरिएको थियो । स्थायी कमिटीबाट काशीनाथ अधिकारी, कोशीबाट घनश्याम खतिवडा, मधेशबाट चन्देश्वर मण्डल, बागमतीबाट कैलाश ढुंगेल, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलावजंग शाह, सुदूरपश्चिमबाट कृष्णप्रसाद जैसी र विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवास समूहबाट पेम्बा लामाले आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेका थिए ।

ad
ad