१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१८ प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४५:oo

प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ।

आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनले भने, ‘लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र हाजिर हुन भनिएको छ, तोकिएको अवधिमा सम्पर्कमा नआए वा हाजिर नभए कानुनी प्रक्रिया पूरा गरी सेवाबाट हटाइनेछ।’

आज एक सूचना जारी गरी प्रहरी प्रधान कार्यालयले धनगढी उपमहानगरपालिका– ३ का प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह ढगुन्ना, ओखरढुंगा सिशिचरण–९ का प्रवह धनबहादुर भुजेल, प्रसह मनकुमार खड्का, प्रसह महेश पासी, प्रसह रञ्जितकुमार सिंह, प्रापज यमन राम्जाली, प्रापज अभिषेक सुवेदी, प्रापज राम विक, प्रहरी जवानहरू अशोक कुमार, मेगबहादुर पाण्डे, मनीष सुनार, ईश्वर धिमाल, तारामान गुरुङ, मनीषकुमार झा, सुमनकुमार बस्नेत, नीरज बढई, विष्णु श्रेष्ठ तथा प्रकाश शेरबहादुर गिरीलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो।
 

ad
ad