१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:३८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म नै तमोर करिडोरको ट्रयाक ओपन

पूर्वी नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वाश

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३८:oo

 पूर्वी नेपालको समृद्धिसँग जोडिएको नेपाल र भारत जोड्ने सवैभन्दा छोटो राजमार्गको रुपमा रहेको ताप्लेजुङको चीनसँग सिमाना जोडिएको टिप्ताला भञ्ज्याङसम्म ट्रयाक ओपन भएको छ ।

 भारतको सिमाना विराटनगरको रानी भन्सारबाट चीनसँग सिमाना जोडिएको सबैभन्दा छोटो भनिएको उत्तर दक्षिण (मुलघाट–दोभान–ओलाङचुङगोला) सडक योजनाअन्तर्गत सञ्चालित तमोर करिडोर सडकको ट्रयाक खोल्ने काम सकिएको हो । उता, ओलाङचुङगोलाबाट सदरमुकामतर्फ ल्याइएको पुरानो सडकमा लगेर जोडेपछि ट्रयाक खोल्ने काम सकिएको हो । 

तमोर करिडोरको काम काठमाडौंको एसबीए एलाईट जेभी कम्पनीले गरेको थियो । फुङलिङ–ओलाङचुङगोला–टिप्ताला सडक निर्माण योजनाका प्रमुख ठेकेदार पेम्बा ठिले शेर्पाले टिप्ताला भञ्ज्याङसम्म ट्रयाक ओपन भएको बताए ।  
ताप्लेजुङ सदरमुकाम फुङलिङ मात्रै नभएर यो सडकको खुलेसँगै पूर्वी नेपालको मुहारनै फेरिने अपेक्षा गरिएको छ । कोशी प्रदेशका १४ मध्ये ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु चीनसँगका सिमावर्ताी जिल्ला हुन् । ताप्लेजुङ र संखुवासभा जिल्ला सदरमुकामबाट चीनसँगको सिमानासम्म सडक निर्माणाधीन छन् ।

चीन जोड्ने संखुवासभाको सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । टिप्ताला भञ्ज्याङ सडक भने ठेकदारलेनै खनेर जोडेका छन् । संखुवासभाको किमाथांका र ताप्लेजुङको टिप्तालाभञ्ज्याङ चीनसँग मानिस आवत जावत गर्ने पुरानो नाकाकारुपमा परिचित छन् । नाकालाई मध्यनजर गर्दै पहिलादेखिनै छोटी भन्सार कार्यालय पनि अहिलेसम्म ओलाङचुङगोलामा रहिरहेको छ । 

उत्तर दक्षिण सडक योजनाका तत्कालीन आयोजना प्रमुख सडक विभागका सहसचिव कुवेर नेपालीले यो सडक तुलनात्मक रुपमा कम लागतमा निर्माण गरिएको बताए । चीनबाटपनि मेसिन ल्याएर खनिएको र छोटो दुरीको सडक भएको नेपालीले बारम्बर बताउँदै आएका छन् । यस सडकले नेपाल, भारत र चीन जोड्ने भएकाले त्रिदेशीय मार्गपनि भन्ने गरिएको नेपालीले बताए ।  २०६६ सालमा सुकेटार देखि ट्रयाक सुरु भएर गढी, तावा, छिरुवा, लेलेप हुँदै ओलाङचुङगोला पुगेको सडकको जम्मा लागत एक अर्ब हाराहारी भएको कार्यालयले जनाएको छ ।

ठेकेदार कम्पनी एसवि एलाइटले तापेथोकदेखि ओलाङचुङगोलासम्मको ट्रयाक ओपनको जिम्मा ४४ करोडमा लिएको उत्तर दक्षिण (मुलघाट–दोभान–ओलाङचुङगोला) सडक कार्यालयले बताएको छ । ओलाङचुङगोलाको बस्ती हुँदै टिप्ताला भञ्ज्याङसम्मको सडक पन्छाउन अब दुई महिनाजति लाग्छ । ३४ किलोमिटर सडक पन्छाउनुपर्ने कार्यालयले जनाएको छ । 

तापेथोकबाट काम थालेको ठीक छ वर्षमा ट्रयाक खोल्ने काम सम्पन्न गरेको बताइएको छ ।  २०७४ सालको फागुन महिनामानै एलाइटले काम थालेको थियो । ‘अब छ वटा मेशिन लगाएर टिप्ताला भञ्ज्याङसम्मको सडक पन्छाउँने योजना कम्पनीको रहेको छ । 

यो सडक ताप्लेजुङको टिप्तालाभञ्ज्याङ–ओलाङचुङगोला–लेलेप–तापेथोक–सिंवा हुँदै सदरमुकाम फुङलिङ वा वहानन्देमा जोडिन्छ । यहाँबाट मेची राजमार्गको बहानन्दे–कावेली भएर पाँचथरको अमरपुर–भालुचोक हुँदै माझीटारमा जोडिन्छ । माझीटारबाट धनकुटाको मुलघाट–भेडेटारवाट हुँदै धरान जोडिन्छ । तमोर करिडोर संचालनमा आएपछि पूर्वी पहाडी जिल्ला र तराईबीचको दूरी धेरै घट्ने भएकोछ । 

ताप्लेजुङको ओलाङचुङगोला पुग्न तमोर नदीमा ४ वटासहित १५ वटा पुलको आवश्यकता रहेको छ । ती पुल निर्माणका लागि प्रतिनिधि सभा सदस्य माननीय योगश भट्टराईले पहल गर्ने समेत बताए ।  करिडोर निर्माणपछि पाँचथरको फिदिमदेखि धरान झन्डै ३ घण्टामा पुग्न सकिन्छ भने ताप्लेजुङ देखि झन्डै ४ घण्टामा धरान पुग्न सकिन्छ ।  यस्तै ताप्लेजुङबाट धरानको दूरी झन्डै १९० किलोमिटरमा खुम्चिने बताइएको छ ।

अहिले यहाँका नागरिकहरु इलाम, झापा र मोरङ हुँदै झन्डै तीन सय ५० किमी दूरी पार गरेर धरान पुग्ने गरेका छन्। तर, अहिले विराटनगरको रानीबाट ओलाङचुङगोलाको टिप्ताला पुग्न गरिब ३ सय किलोमिटर मात्र हुने बताइन्छ । तमोर करिडोर २०६४ सालमा सुरु  भएको थियो । करिव १७ वर्षपछि टिप्ताला भञ्ज्याङसँग जोडिएको  छ । 
 

ad
ad