१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० फाल्गुण १० बिहीबार १०:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तिघ्रामा लुकाएर ल्याएको लागुऔषधसहित एक युवक पक्राउ

Read Time : < 1 मिनेट
२०८० फाल्गुण १० बिहीबार १०:१२:००

सिराहा प्रहरीले तिघ्रामा टेपले बाँधेर ल्याएको प्रतिबन्धित लागुऔषधसहित लहानका एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार राति करिब ८ बजेतिर भारतबाट पैदल हिँडेर आउँदै गरेका लहान नगरपालिका– २१ का करिब २३ वर्षीय सोनुकुमार साहलाई भगवानपुर– ४ ठाडीबाट तिघ्रामा लुकाएर ल्याएको २७ थान प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको हो ।

प्रहरी चौकी ठाडीबाट खटिएको गस्ती टोलीले शंका लागेर साहलाई रोकी चेकजाँच गर्ने क्रममा दुवै तिघ्रामा टेपले बाँधी ल्याएको लागुऔषध बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिघ्रामा लुकाएर ल्याएको नौ–नौ थान नाइट्रोजन, फेनारगन र क्राफिन बरामद भएपछि उनलाई तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार चालू आर्थिक वर्ष ०८०/८१ को माघसम्मको सात महिनाको अवधिमा लागुऔषधसम्बन्धी ५४ वटा मुद्दा दर्ता गरिएका छन् । दर्ता गरिएका मुद्दामा ६१ पुरुष र दुई महिला नेपाली तथा दुई विदेशी पुरुष गरी ६५ जना पक्राउ परेको जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख छ ।