१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लागुऔषधसहित उदयपुरका युवक सिराहामा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४६:oo

सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– ४ ठाढीमा प्रहरीले चेकजाँचको क्रममा उदयपुरका युवकलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उदयपुरको त्रियुगा नगरपालिका– १२ सगरमाथा टोलका करिब २० वर्षीय साइल राईलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

प्रहरी चौकी ठाढीबाट खटिएको गस्ती टोलीले पैदल हिँडिरहेका राईलाई शंका लागेपछि रोकेर चेकजाँच गर्दा नौ पत्ता (७२ एम्पुल) एसिटमिनोफर्म, दुई–दुई एम्पुल डाइजिपाम, बुप्रेनर्फिन र प्रोमेथाइजिन हाइड्रोक्लोराइड  बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार लागुऔषधसहित पक्राउ गरिएका राईलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । 

ad
ad