१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लागुऔषध कारोबार गर्ने दुई फार्मेसीमा प्रहरीको छापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:१९:oo

प्रहरीले लागुऔषध बिक्री गर्ने काठमाडौंका दुई फार्मेसीमा छापा मारेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनहरा नगरपालिका– ८ स्थित गोगो फार्मेसी र भक्तपुर मध्यपुरथिमि नगरपालिका–९ बोडेस्थित टिसा फार्मेसीमा छापा मारेको हो ।

कारोबारमा संलग्न सर्लाही बरहथवा नपा– ९ का २६ वर्षीय निरसकुमार महतो, भक्तपुर मध्यपुरथिमि नपा– ८ बोडेका ३३ वर्षीय राजु सिपाही र सर्लाही मलंगवा नपा–१० का २० वर्षीय सतेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

फार्मेसीबाट प्रहरीले नियन्त्रित डिकोलिक, एन्टिकफ, टपेन्डोल, ट्रसिडोल, ट्रामाडोल, पन्डोल, ट्रपिन, ट्रम्निल र अप्टप नामको औषधि बरामद गरेको छ । घटनाको थप अनुसन्धान गर्न उनीहरूलाई ब्युरोले औषधि व्यवस्था विभागमा पेस गरेको छ । 

ad
ad