१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o८:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

एमाले केन्द्रीय कमिटी बैठक : चार कार्ययोजना प्रस्ताव, छलफलका लागि नौ समूह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:३९:oo

प्रस्तावित कार्ययोजना
- ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्ष : शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा
- विष्णुप्रसाद पौडेल, उपाध्यक्ष : जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौतीमा 
- शंकर पोखरेल, महासचिव : पार्टीको संगठनात्मक कामको समीक्षा सम्बन्धमा 
- प्रदीप ज्ञवाली, उपमहासचिव : जनसरोकार जनदबाब सम्बन्धमा

एमालेको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि चारओटा कार्ययोजना प्रस्तुत भएका छन् । मंगलबारबाट सुरु भएको बैठकमा छलफलका लागि नेताहरूले अवधारणासहितका ती कार्ययोजना प्रस्तुत गरेका हुन् । बैठकमा शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी केन्द्रीयताको संगठनात्मक सिद्दान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कार्ययोजना प्रस्ताव गरेका छन् । त्यस्तै, पार्टीको संठनात्मक कामको समीक्षा सम्बन्धमा महासचिव शंकर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीप ज्ञवालीको कार्ययोजना पेस भएको छ । 

अवधारणामाथि छलफलका लागि नौवटा समूह बनाइएको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । जसअनुसार स्थायी कमिटीका सदस्यकोे एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन र प्रवासको एकसहित नौवटा समूह बनाइएको छ । कार्ययोजनामाथि बुधबारबाट छलफल हुनेछ । छलफलका लागि ६ एजेन्डा प्रस्तुत भएकोमा अध्यक्ष केपी ओलीले समसामायिक राजनीतिक परिस्थितिबारे मन्तव्य राखेका छन् । त्यस्तै, झुलाघाट–चिवाभन्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ र पार्टीको संगठनात्मक सुदृढीकरण र विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियानका सकारात्मक प्रभावको समीक्षा पनि छलफलको अर्को एजेन्डा रहेको छ । गौतमले जनसरोकारका मुद्दा सूचीकृत गरेर संसद्मा खबरदारी गर्ने र आवश्यकता पर्दा सडकमा जनपरिचालन गर्ने गरी कार्यक्रम बनाउने गरी केन्द्रीय सदस्यसँग सुझाव मागिएको बताए । 

गठबन्धन सरकार पूर्ण असफल : ओली 
एमाले अध्यक्ष केपी ओलीले बालकुमारीमा प्रहरीको गोलीबाट मृत्यु भएको घटनामा सरकारको छानबिनबाट प्रत्यक्ष संलग्न भेटिएका मन्त्रीमाथि प्रधानमन्त्रीले कारबाही गर्न नसकेको बताएका छन् । दोषी किटान भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कुनै कारबाही गर्न नसकेर प्रधानमन्त्री ‘हुतिहारा’ बनेको ओलीको टिप्पणी छ । ‘सरकारले बनाएको आयोगले नै मन्त्रीको गलत क्रियाकलपाले गर्दा मान्छे मर्ने स्थिति आएको कुरा किटानका साथ भनिसक्यो, तर नैतिकता भन्ने चिजै छैन । न मन्त्री राजीनामा गर्छ न प्रधानमन्त्रीसँग हटाउने हुति छ’ ओलीले भने । अहिलेको गबन्धनको एउटा मात्र उद्देश्य एमालेलाई बदनाम गर्नु र विरोध गर्नु मात्रै भएको भन्दै ओलीले त्यसलाई पार्टीले लोकतान्त्रिक बाटोबाटै पराजित गर्ने बताए । गठबन्धन सरकार पूर्ण रूपमा असफल रहेको बताउँदै ओलीले सरकार जति दिनसम्म रहन्छ, त्यो राष्ट्रलाई बोझ हुने उल्लेख गरे । उनले प्रधानमन्त्री प्रचण्डमा सुधारको कुनै गुञ्जायस नदेखिएको दाबीसमेत गरे । 

ad
ad