मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ८ मंगलबार
  • Monday, 31 August, 2026
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ८ मंगलबार १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटी बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ८ मंगलबार १२:१८:oo

नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा फागुन १० गतेसम्म सञ्चालन हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।

बैठकमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका कार्यसूची तथा समसामयिक प्रस्ताव रहेको बताइएको छ।
 
पार्टी अध्यक्ष केपी ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे बैठकमा सम्बोधन गर्नेछन्। साथै बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणामा छलफल हुनेछ।