१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५५:oo

‘चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ । लघुवित्तमा देखिएका विकृतिलाई अन्त्य गर्ने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा सहजीकरण गर्ने, लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवा उद्यमी बनाउन सहयोग गर्नेलगायत बुँदा घोषणामा उल्लेख छ ।   

समापन समारोहमा सांसद लीलानाथ श्रेष्ठले देशको आर्थिक अवस्था गम्भीर रहेको समयमा लघुवित्त तथा सहकारी क्षेत्रको भूमिका बढेको बताए । ‘लघुवित्त क्षेत्रले प्रत्यक्ष रूपमा समुदायमा रहेर काम गर्दै आएका छन्, वित्तीय अनुशासन पालना गरेमा विपन्न नागरिकको अवस्थामा सुधार ल्याउन सहयोग पुग्छ,’ उनले भने, ‘अहिले यस क्षेत्रमा आएका विचलनलाई रोक्न गल्ती गर्नेलाई कारबाही र राम्रो गर्नेलाई संरक्षण गर्न राज्य जवाफदेही बन्नुपर्छ ।’  

त्यस्तै, सांसद भगवती चौधरीले ६० लाख नेपाली गरिबीको रेखामुनि रहेको अवस्थामा झन्डै त्यत्तिकै सदस्य संख्यामा काम गर्ने लघुवित्त तथा सहकारी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताइन् ।लघुवित्तको संख्या आवश्यकताभन्दा बढी हुनु, अधिक कर्जा प्रवाह हुनु, कर्जा लगेका सदस्यले फिर्ताको दायित्व नसम्झनुलगायत कारण समस्या देखिएको उनले बताइन् । ‘अहिले लघुवित्त क्षेत्रमा जुन समस्या देखिएको छ, त्यसको कारण लघुवित्त क्षेत्र विपन्नको हित र सामाजिक उत्तरदायित्वबाट बाहिर आउन खोज्दा आएको हो,’ उनले भनिन् । 

कार्यक्रमका सभापति तथा आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले सम्मेलनमा लघुवित्त तथा सहकारी क्षेत्रका समस्याका विषयमा गम्भीर समीक्षा भएको र घोषणापत्रमा उल्लेख गरिएका कुरालाई समुदायस्तरमा गएर लागू गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । समापन कार्यक्रममा यस वर्षको संस्थागत उद्यमशीलता विकासतर्फ उत्कृष्ट भएर जीवन विकास लघुउद्यम वित्तीय संस्था एक लाख नगदसहित पुरस्कृत भएको छ । 

ad
ad