१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आज राष्ट्रपति पौडेल काभ्रे आउने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१o:oo

काभ्रेको बनेपामा आज राष्ट्रपति रामचन्द्र पौडेल आउने भएका छन् । उनी आज दिनको १ बजे आउने भएका हुन् । फागुन ४ देखि ७ गतेसम्म बनेपामा हुने बृहत् काभ्रे कृषि महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल काभ्रे आउने भएका हुन् । 

जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिकाको आयोजना, काभ्रे उद्योग वाणिज्य संघको व्यवस्थापनमा, जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा बनेपास्थित करुणामार्गमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका संयोजक रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले जानकारी दिए ।

शुक्रबार दिउँसो १ बजे राष्ट्रपति रामचन्द्र पौडेलले महोत्सव उद्घाटन गर्न आउने पनि गौतमले जानकारी दिए । संघ तथा प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, विभिन्न मुलुकका राजदूत, कृषि क्षेत्रका विज्ञहरूकाे पनि सहभागिता हुने उनको भनाइ छ ।

काभ्रे जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरूको प्रदर्शनी तथा बजारीकरण तथा कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले ‘बृहत् कृषि महोत्सव’ आयोजना गरिएको हो । कृषिका नयाँ प्रविधिहरूबारे जानकारी प्रदान गर्नुको साथै कृषि पेसामा लाग्नका लागि नागरिकलाई उत्प्रेरित गर्ने उद्देश्यसमेत रहेको छ ।

मूल आयोजक समितिका अनुसार एक सयभन्दा बढी स्टल बुकिङ भएका छन् । कृषि प्रविधि, रैथाने बाली, खाद्यान्न, बिउ, ताजा तरकारी, भर्मि कम्पोस्ट, दुग्धजन्य उपज, लप्सी क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्रांगारिक प्रमाणित कृषि उपजहरू, बुद्धचित्त माला, धानको उन्नत बिउ, मौरीगोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घिउ, कोल्ड च्याम्बर प्रविधिलगायत सामग्रीका स्टल बुकिङ भएका छन् ।

महोत्सवमा कृषिमा आएका प्रविधि र विभिन्न सवालका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरतासम्बन्धी सेमिनार, कृषकका रैथाने प्रविधिहरूको प्रदर्शन, उन्नत बिउबिजन, यन्त्र, औजार, उपकरण अन्य सामग्रीको बिक्री–वितरण, स्थलगत बाली तथा माटो शिविर गर्ने लक्ष्य राखिएको छ ।
 

ad
ad