१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्मार्टफोनमा धुलो जमेमा...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१९:oo

- पछिल्लो समय स्मार्टफोन मानिसहरूको जीवनको अभिन्न अंग बनिसकेको छ । मानिसहरू हरेक समय यसको प्रयोग गरिरहेका हुन्छन् । तर, स्मार्टफोनको सफाइमा कमैले मात्रै ध्यान दिएका हुन्छन् । 

- खल्ती, कार, टेबुल वा जहाँ पनि स्मार्टफोन राखिन्छ । तब त्यहाँ रहेका धुलोका साना–साना कण स्मार्टफोनको स्क्रिन, स्पिकर, माइक, क्यामेरा, चार्जिङ प्वाइन्ट, हेडफोन ज्याकलगायतमा टाँसिएको हुन्छ । 

- शरीर फोहोर हुँदा स्वास्थ्यमा असर गरेजस्तै लामो समयसम्म स्मार्टफोनमा जमेको धुलोले पनि यसको कार्य सञ्चालनमा असर गर्न सक्छ । स्मार्टफोनका धेरै फंसनहरूले कम काम गर्न थाल्छन् वा कामै गर्न छाड्छन् । क्यामेराको क्वालिटी घट्ने, स्पिकरबाट कम आवाज आउने वा आवाज नै नआउने, माइकले काम नगर्ने, हेडफोन ज्याकमा कनेक्ट नहुनेलगायत समस्या देखिन सक्छन् । 

- स्मार्टफोनभित्रको धुलो सफा गर्नका लागि कुनै मोबाइल मर्मत केन्द्रमै जानुपर्छ भन्ने छैन । केही उपाय अपनाएर घरमै सफाइ गर्न सकिन्छ । 

- चार्जिङ प्वाइन्ट वा स्पिकरमा जमेको धुलोलाई टुथब्रसको सहायताले पनि सफा गर्न सकिन्छ । टुथब्रसले भित्रसम्म पुगेर धुलोका कणहरूलाई बाहिर निकाल्छ । 

- नरम र मसिनो खाले तामाको तारको मद्दतले पनि धुलो निकाल्न सकिन्छ । यो चार्जिङ पोइन्ट वा स्पिकरभित्र चाँडै पुग्छ । 

- माइक्रो फाइबर कपडा पनि निकै नरम हुन्छ । यसले पनि धुलोलाई मजाले सफा गर्छ । आमरूपमा चस्माको लेन्स सफा गर्न पनि यो कपडा प्रयोग गरिन्छ । 

- कटनको एयरबड्सको सहयोगमा पनि धुलो निकाल्न सकिन्छ । यो बजारमा सहजै पाइन्छ । आमरूपमा यसको प्रयोग कान सफा गर्नका लागि गर्ने गरिन्छ ।  

ad
ad