१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका कपिलवस्तु
२o८१ बैशाख २० बिहीबार १o:३९:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कपिलवस्तु बस दुर्घटना : दशैजना मृतकको सनाखत (अपडेट)

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३९:oo

कपिलवस्तुको शिवराज नगरपालिका– १ सुरही पुलनजिकै गएराति भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही– ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजंग गण गोरुसिंगेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भीमदत्त नगरपालिका– १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त– ४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनर्वास नगरपालिकाका किन भट्ट रहेका छन् । 

त्यस्तै, भीमदत्त नगरपालिकानिवासी खगेश्वरी खाती, भीमदत्त– २ का सुदीप भट्ट र पुनर्वास– ९ का बिसफाटाकी विमलादेवी भट्टको पहिचान खुलेको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु.प. प्र.०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस गएराति सडकबाट दुई सय मिटर तल खसेको थियो। 

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका छन् । तीमध्ये नौजनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।    

बुटवल रिफर भएका नौजना घाइते
१. ओखलढुंगा घर भई गरुडध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोकबहादुर कार्कीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको सिरिया सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चौराहा अस्पताल बुटवल रिफर गरिएको छ।

२. बसचालक कञ्चनपुर भीमदत्त नगरपालिका– ४ बस्ने वर्ष ४० का पूर्णबहादुर चन्दको बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचारपश्चात् उनलाई थप उपचारका लागि चौराहा अस्पताल बुटवल रिफर गरिएको छ ।  

३. कैलालीको बेलडाँडी नगरपालिका– १ बस्ने वर्ष २४ को महेश सुनारको दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । सञ्जीवनीमा प्राथमिक उपचारपश्चात् हाल उनलाई चौराहा अस्पताल बुटवल रिफर गरिएको छ । 

४. बाँके राप्ती–सुनारी गाउँपालिका– २ बस्ने वर्ष २३ का सुशील कुँवरको  दाहिने खुट्टामा चोट लागेको छ । उनको हाल चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

५. गुल्मीको मालिका गाउँपालिका– ७ बस्ने वर्ष २९ का अर्जुन कार्कीको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । उनको पनि चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

६. कञ्चनपुरको  भीमदत्त नगरपालिका– १८ बस्ने  वर्ष २८ का सन्तोष चौधरीको अनुहार र छातीमा चोट लागेको छ ।  उनको अवस्था मध्यम रहेको छ । उनको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।  

७. सहचालक कञ्चनपुर महेन्द्रनगर नगरपालिका– १८ बस्ने वर्ष ३५ का केशव हमालको टाउकोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । उनको हाल चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

८. बैतडी मेनौली नगरपालिका– १ बस्ने वर्ष २२ का राजेश दयालको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको पनि चौराहा अस्पताल बुटवलमा उपचार जारी छ । 

९. कञ्चनपुर महेन्द्र नगर नगरपालिका– १ बस्ने वर्ष १८ का नितेश सुनारको दुवै हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।  उनको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

चन्द्रौटा  कपिलवस्तुको विभिन्न अस्पतालमा उपचार भइरहेका घाइते 
१०. गोरखा सहिद लखन गाउँपालिका– ७ बस्ने वर्ष ३० का मनोज विकको शरीरमा बाहिरी चोट देखिएको छैन । उनको अवस्था सामान्य रहेको छ । उनको सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

११. दार्चुला सैलेश शिखर नगरपालिका– ३ दार्चुला बस्ने वर्ष २४ का नवीन भट्ट नेपालीको ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । उनको सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

१२. कञ्चनपुरको भीमदत्त नगरपालिका– १४ बस्ने वर्ष ३३ की गीता कुँवरको कम्मरमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । उनको सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

१३. निज (गीता)को छोरा वर्ष १२ को नवीन कुँवरको निधारमा चोट लागेको छ । उनको पनि अवस्था सामान्य छ । हाल उनको  उनको सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

१४. ओखलढुंगा झारपुर गाउँपालिका वडा नम्बर नखुलेको वर्ष १९ को बिसन भुजेलको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । उनको सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

१५. कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ बस्ने वर्ष ३१ को मोहनसिंह लोहारको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । उनको सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

१६.  काठमाडौं महानगरपालिका– ३ बस्ने वर्ष ४१ को  अनिल तन्डुकारको  निधार, छाती र बायाँहातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ । 

१७. कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ बस्ने वर्ष ५४ की नारायणी थापाको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ ।

१८. कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ बस्ने वर्ष २८ को  दीपेन्द्र बोहराको दाहिने हात र निधारमा चोट लागेको छ ।  उनको अवस्था मध्यम छ। 

१९. कैलालीको लम्कीचुवा नगरपालिका– १ बस्ने  वर्ष २७ की रेखा आचार्यको दाहिने खुट्टा र अनुहारमा चोट लागेको छ । अवस्था मध्यम छ ।

२०. कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ बस्ने वर्ष ४१ की शान्ति सिंहको अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम छ ।

२१. कैलालीको गेरुवा गाउँपालिका– ४ बस्ने वर्ष ३२ को गणेश काफ्लेको दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि  मध्यम छ ।

२२. निज (गणेश)की श्रीमती वर्ष २७ की रेखा आचार्यको शरीरको भित्री भागमा चोट लागेको छ । उनको पनि अवस्था सामान्य नै छ।

२३. निज (गणेश)की छोरी वर्ष ३ की श्रृष्टि काफ्लेको टाउकोमा चोट लागेको छ ।  अवस्था सामान्य छ।

२४. भारतको उत्तर प्रदेश मुद्राबास बस्ने वर्ष ३५ को मोहम्मद रिजनको बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम छ । उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ । 

२५. भारतको उत्तर प्रदेश मुद्राबास बस्ने वर्ष ५४ को अनिस मनियारको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम छ।

२६. धादिङको सिप्ले गाउँपालिका– २ बस्ने वर्ष २५ को कृष्ण नेपालीको अनुहार र छातीमा चोट लागेको छ । उनको अवस्था मध्यम छ ।

२७. कञ्चनपुरको भीमदत्त नगरपालिका– १९ बस्ने वर्ष २० को सुमन विष्टको अनुहार र ढाडमा चोट लागेको छ । उनको अवस्था सिरियस छ । 

२८.  कञ्चनपुरको भीमदत्त नगरपािका– १ बस्ने वर्ष २० को मनोजसिंह धामीको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य छ।

२९. कञ्चनपुरको भीमदत्त नगरपालिका– १ बस्ने वर्ष २० को अशोक सिंहको अवस्था पनि सामान्य नै छ ।

३०. कञ्चनपुरकाे भीमदत्त नगरपालिका– ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पालको बाहिरी चोट नदेखिएकोले अवस्था सामान्य नै छ । 

  

ad
ad