१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

आज भ्यालेन्टाइन डे : प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि विशेष दिन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२७:oo

यसरी स्मरणीय बन्छ भ्यालेन्टाइन डे

हरेक वर्षको फेब्रुअरी १४ मा संसारका विभिन्न भागमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । विश्वव्यापीकरणको प्रभावसँगै केही वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ । विशेषगरी युवापुस्ताले यसको अनुशरण गरेको पाइएको छ । वास्तवमा प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि यो विशेष दिन हो । प्रेमी र प्रेमिकाले आफ्नो प्रेमको सफलतामा खुसी प्रकट गर्दै भविष्यमा अझै गाढा प्रेम बसोस् भनी कामना गर्ने दिन पनि हो । भ्यालेन्टाइन डे विशेष बनाउन ठूलै योजना बनाएर घुम्ने र धेरै पैसा खर्च गर्नुपर्छ भन्ने छैन । आजको दिनलाई यसरी सामान्य ढंगले मनाएर पनि स्मरणीय बनाउन सकिन्छ ।

एक–अर्कासँग  प्रशस्त समय बिताउने
प्रणय दिवसजस्तो विशेष दिनमा एक–अर्कासँग समय बिताउनु नै सबैभन्दा ठूलो उपहार हो । यसका लागि घरमै वा बाहिर दुवैजनालाई मनपर्ने ठाउँ रोज्न सकिन्छ।

दिनको सुरुवात र अन्त्य विशेष बनाउने
अन्य दिनभन्दा आजको दिन विशेष बनाउन बिहानको सुरुवाती र रातको अन्त्यमा सम्बन्ध अझ प्रगाढ बनाउने कोसिस गर्नुहोस् । एक–अर्कालाई मनपर्ने क्रियाकलाप गर्नुहोस् । त्यस्तै, मनपर्ने खाना खाएर र उपहार साटासाट गरेर विशेष बनाउन सकिन्छ ।

वातावरण  रोमान्टिक बनाउने
वातावरण रोमान्टिक बनाउन फूल, चकलेट आदि प्रयोग गर्न सकिन्छ । एक–अर्कासँग टाढा भएका जोडीले फूल तथा उपहार पठाउन सकिन्छ । वैज्ञानिक तथ्यअनुसार फूलले मानिसमा सकारात्मक प्रभाव पार्छ । त्यसैले, सरप्राइजको रूपमा फूल पाउँदा सम्बन्ध प्रगाढ बनाउन मद्दत पुग्छ । 

योजना बुन्ने
आफ्नो प्रेमी वा प्रेमिकालाई खुसी बनाउन कुनै विशेष योजना बनाउनुहोस् । यसका लागि आफूले भेट्ने ठाउँमा फूल र उपहारले सजाउन सकिन्छ । यसबाहेक एक–अर्काका विशेष हुनका लागि मन पर्ने पर्फ्युम, ड्रेसअप लगाउन आवश्यक छ । 

लभलेटर/गीत/कविता लेख्ने
आफ्नो जीवनमा प्रेमी वा प्रेमिकाको महत्व झल्काएर सम्बन्ध अझ प्रगाढ बनाउन आवश्यक छ । यसर्थ, उसका लागि लभलेटर, कविता लेख्ने कोसिस गर्नुहोस् । यसले प्रेमी वा प्रेमिकालाई थप आकर्षित बनाउन सहयोग गर्छ । अझ माहोल रमाइलो बनाउन मनपर्ने गीतसमेत गाउन सकिन्छ । 

दुवैलाई मनपर्ने कुनै काम गर्ने 
यही नै गर्नुपर्छ भन्ने नभए पनि दुवैलाई मनपर्ने कुनै काम गर्न सकिन्छ । सँगै बसेर काम गर्दा झन् रमाइलो महसुस गर्न सकिन्छ । समय भएमा कतै टाढा पनि जान सकिन्छ ।

सरप्राइज दिने
सरप्राइज दिँदा प्रायः हरेक मानिस खुसी हुने गर्छन् । यसर्थ, आफ्नो प्रेमी/प्रेमिकालाई खुसी बनाउन पनि कुनै विशेष सरप्राइज दिन उपयुक्त हुन्छ । त्यसका लागि मनपर्ने पर्फ्युम, गहना, कपडा, घुम्न जाने टिकट आदि दिन सकिन्छ ।  

भ्यालेन्टाइनका उपहार 
आज भ्यालेन्टाइन डे । प्रेमी–प्रेमिकाहरूले यस अवसरमा उपहार साटासाट गर्छन् । मानिसले आफ्ना बच्चा, अभिभावक र मिल्ने साथीलाई पनि माया दर्शाउन उपहार दिने गर्छन् । भ्यालेन्टाइन डेलाई यादगार बनाउने केही उपहार यस्ता छन् । 

गुलाफ : यो फूललाई प्रेम, स्नेह र सौन्दर्यको प्रतीक मानिन्छ । त्यसैले प्रेम अभिव्यक्त गर्नका लागि मानिस एक–अर्कालाई गुलाफ दिन्छन् । अलग–अलग रङका गुलाफले अलग अर्थ दिन्छ । जस्तो, पहेँलो गुलाफले मित्रता, सेतो गुलाफले सम्बन्धको सुरुवात, रातो गुलाफले प्रगाढ प्रेमको प्रतिनिधित्व गर्छन् ।

फोटो फ्रेम : कसैले लामो समय सम्झिरहोस् भन्ने चाहना राखेर फोटो फ्रेम दिन सक्नुहुन्छ । फोटोले सधैँ आफ्ना नजिकका मानिसको सम्झना गराउँछ । 

डायरी : यादगार रहने अर्को उपहार डायरी हो । डायरीमा मानिसले आफ्नो दैनिकी वा आफूलाई मनपरेका कविता, गजल वा अनुभव लेखेर संग्रह गर्न सक्छन् । यसबाहेक घडी, टेडिबियर, पर्फ्युम, कप, किरिङलगायत पनि भ्यालेन्टाइनमा धेरै प्रयोग हुने उपहार हुन् । 

ad
ad