१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण २ बुधबार ०६:१९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिसी महिला प्रिमियर कप २०२४ : माल्दिभ्सविरुद्ध २१४ रनको जितसँगै नेपाल क्वार्टरफाइनलमा

Read Time : > 2 मिनेट
२०८० फाल्गुण २ बुधबार ०६:१९:००

मलेसियामा चलिरहेको एसिसी महिला प्रिमियर कप २०२४ मा नेपालले मंगलबार माल्दिभ्सविरुद्ध दुई सय १४ रनको फराकिलोअन्तरले जित निकालेको छ । जितसँगै नेपाल समूह ‘डी’को विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको छ । नेपालको महिला क्रिकेटमा अहिलेसम्म विपक्षीलाई विशाल अन्तरले हराएको यो नै पहिलोपटक हो ।

पहिलो ब्याटिङ गरेको नेपालले पूर्वकप्तान रुबिना क्षेत्रीको शतकीय इनिङ्सको सहयोगमा २० ओभरमा चार विकेटको क्षतिमा दु्ई सय २७ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा माल्दिभ्सले नेपालको बलिङ सामना गर्न नसक्दा केवल १३.५ ओभरमै १३ रनमै समेटियो । नेपालले सन् २०१९ मा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा मादिल्भ्सलाई आठ रनमा रोकेको थियो । 

रुबिनाले नेपालका महिला क्रिकेट इतिहासमा पहिलो शतक बनाउने क्रममा एक सय १८ रनको योगफल बनाइन् । खेलमा उनी नै म्यान अफ दी म्याच भइन् । नेपालले यसअघि भुटान र हङकङलाई समान आठ विकेटले हराएको थियो । नेपाल समूह ‘डी’ बाट तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । नेपालले समूह ‘ए’को उपविजेता कुवेतसँग खेल्नेछ । हङकङ तीन खेलमा चार अंकका साथ दोस्रो स्थानमा रहँदै अन्तिम आठमा पुगेको छ । फाइनलमा पुग्ने दुई टोलीले यस वर्ष हुने महिला टी–२० एसिया कप खेल्ने छन् । समूह ‘ए’ मा थाइल्यान्ड दुई खेलमा चार अंकका साथ शीर्षस्थानमा छ । कुवेत तीन खेलमा चार अंकका साथ दोस्रो स्थानमा छ । 

रुबिना र पूजाबीच उत्कृष्ट साझेदारी
कप्तान इन्दु बर्माको नेतृत्वमा रहेको नेपालले पहिलो ब्याटिङ गर्दा गतिलो सुरुवात भएन । यद्यपि, २.२ ओभरमै नेपालले स्कोर बोर्डमा ३३ रनको योगफल बनाइसकेको थियो । नेपालले एक बलको अन्तरमा दुई विकेट गुमाएको थियो । इनिङ्सको २.२ ओभरमा ओपनर कविता कुँवर र २.३ ओभरमा कप्तान इन्दुको विकेट नेपालले गुमायो । ४.६ ओभरमा अनुभवी खेलाडी सीता रानामगरको विकेट जाँदा नेपाल ४८–३ को अवस्थामा रह्यो । नेपालले चौथो विकेट ६.२ रनमा गुमाएको थियो । त्यसपिछ रुबिना र पूजा महातोबीच उत्कृष्ट साझेदारी भयो । 

यी दुवै ब्याट्सम्यानले माल्दिभ्सका कुनै पनि बलर आफूमाथि हाबी हुन दिएनन् । रुबिना र पूजाले बिस्तारै इनिङ्स अगाडि बढाउँदै नेपालको स्कोरलाई उकासे । दुवैले पाँचौँ विकेटका लागि एक सय ६६ रनको कीर्तिमानी साझेदारी गर्न सफल भइन् । अन्तिम सम्म नटआउट रहेकी रुबिनाले दुई सय स्ट्राइक र पूजाले एक सय ६३ को स्ट्राइकमा ब्याटिङ गरेकी थिइन् । पूजाले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गरेकी थिइन् । यसअघि ओपनर कविताले १० बलमा १३ रन बनाउन दुई चौका प्रहार गरेकी थिइन् । सीता रानामगरले ११ बलमा दुई चौकाकै सहयोगमा १५ रन जोडिन् । नेपाले १६ अतिरिक्त रन पाएको थियो । 

माल्दिभ्सको ब्याटिङमा साममा अलीले चार ओभरमा ४४ रन खर्चेर सर्वाधिक तीन विकेट हात पारिन् । यसैगरी, नबा नसिमले चार ओभरमा ४५ रन दिँदै एक विकेट लिइन् । माल्दिभ्सको बलिङमा हालिमाथ लैसाले तीन ओभरमा ३१ रन खर्चेकी थिइन् । नेपालको ब्याटिङमा पहिलो विकेटका लागि १५ बलमा ३३ रन र तेस्रो विकेटका लाग १५ बलमा १५ रनको साझेदारी भएका थिए । रुबिना र पूजाले पाँचौँ विकेटका लागि ८२ बलमा एक सय ६६ रनको साझेदारी गरे । यसक्रममा पूजाले ५९ रन तथा रुबिनाले ४६ बलमा सय रनको योगदान दिएका थिए । 

माल्दिभ्स १३ रनमै समेटियो
दुई सय २८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्सले इनिङ्सको कुनै पनि समयमा नेपाललाई चुनौती दिन सकेन । माल्दिभ्सले निरन्तर रूपमा विकेट गुमाउँदा नेपालले कीर्तिमान जित निकाल्यो । इनिङ्सको १.६ ओभरमा ओपनर मारियन लिनले विकेट गुमाइन् । त्यसपछि ३.२ ओभरमा फाथिमाथ मालहा आउट भइन् ।  सो इनिङ्समा पाँचौँ विकेटका लागि सर्वाधिक ६ रनको साझेदारी भएको थियो । नेपालको कसिलो बलिङमा कविता कुँवरले तीन ओभरमा दुई रन मात्र दिएकी थिइन् । 

अस्मिना कर्माचार्यले नेपालको फराकिलो जितमा विशेष योगदान दिइन् । उनले चार ओभरमा सात रन खर्चेर सर्वाधिक चार विकेट लिइन् । पूर्वकप्तान रुबिनाले ३.५ ओभरमा दुई रन खर्चेर तीन विकेट आफ्नो नाममा लिइन् । माल्दिभ्सको कमजोर ब्याटिङमा कप्तान सुमाया अहमेदले सर्वाधिक पाँच रन बनाइन् । 

छिटो विकेट गुमायौँ
इन्दु बर्मा, कप्तान, नेपाल

रुबिना र पूजाले १० ओभरसम्म सम्हालिएर खेलेका थिए । त्यसपछि उनीहरूले सर्ट खेल्न थालेँ । हामीले केही छिटो विकेट गुमायौँ । हामी १० ओभरसम्म टिकेर खेल्नुपर्ने थियो । आज रुबिना र पूजाले निकै राम्रो खेले ।

विकेट निकै राम्रो थियो
रुबिना क्षेत्री, नेपाल

यहाँको विकेट निकै राम्रो थियो । यस किसिमको विकेटमा टिकेर खेल्दा कीर्तिमान बनेको हो । यो मेरो अवार्ड म मेरो देश, नेपाली महिला क्रिकेटलाई माया गर्ने समर्थक र मेरो परिवारलाई समर्पण गर्न चाहन्छु ।