एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भएको खेलमा नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको मलेसियालाई दोस्रो ओभरमै झड्का लागेको छ ।
टिमको स्कोर दुई रन रहेको अवस्थामा मलेसियाले ओपनर आइना हामिजहलाई गुमाएको छ । चार बलको सामना गरेकी आइना शून्य रनमै आउट भइन् ।
रुविना क्षेत्रीले आफ्नो स्पेलको पहिलो ओभरमा आइनालाई एलबिडब्लू धरापमा पारेकी हुन् । रुविना नेपाली टिमकी सबैभन्दा अनुभवी खेलाडी हुन् । ताजा अवस्थामा मलेसियाले २.२ ओभरमा एक विकेट गुमाएर आठ रन बनाएको छ ।