Skip This
मलेसियाका दुवै ओपनर आउट, कवितालाई पनि विकेट मिल्याे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ४ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण ४ शुक्रबार १३:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मलेसियाका दुवै ओपनर आउट, कवितालाई पनि विकेट मिल्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ४ शुक्रबार १३:१२:oo

नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले दोस्रो विकेट पनि गुमाएको छ । 

उसले आठ रनको अवस्थामा अर्की ओपनर विनिफ्रेड डुरैसिंगमलाई गुमाएको हो । कप्तानसमेत रहेकी विनिफ्रेडले आठ बल खेल्दै दुई रन बनाएकी थिइन् । 

उनलाई नेपाली बलर कविता कुँवरले बोल्ड गरेकी हुन् । मलेसियाले २.४ ओभरमा दोस्रो विकेट गुमाएको हो । त्यसअघि अर्की ओपनर आइना हामिजहलाई रविना क्षेत्रीले पेभेलियन पठाएकी थिइन् । 

चार बल खेलेकी आइनाले कुनै रन बनाउन सकिनन् । रुविनाले उनलाई आफ्नो स्पेलको पहिलो ओभरमै एलबिडब्लू धरापमा पारेकी थिइन् ।