क्यानडाविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको अन्तिम खेलमा भीम सार्कीले पनि शतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा भीमले एक सय २६ बलमा ११ चौका र एक छक्कासहित सय रन बनाएका हुन् ।
भीमको पनि याे पहिलो शतक हो । भीमले यसअघि चार अर्धशतक बनाएका थिए ।
भीम र अनिलबीच कीर्तिमानी साझेदारी बनेको छ । यसअघि एक सय ७१ रनको साझेदारी भएको थियो । कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेट लागि जिम्बावेविरुद्ध एक सय ७१ रनको साझेदारी गरेका थिए ।
यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रन बनाएको थियो ।