क्यानडाविरुद्ध भीमको पनि मेडन शतक, अनिलसँग कीर्तिमानी साझेदारी

सोमबार, २९ माघ, २०८०
डिजिटल संस्करण
क्यानडाविरुद्ध भीमको पनि मेडन शतक, अनिलसँग कीर्तिमानी साझेदारी

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

क्यानडाविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको अन्तिम खेलमा भीम सार्कीले पनि शतक बनाएका छन् । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा भीमले एक सय २६ बलमा ११ चौका र एक छक्कासहित सय रन बनाएका हुन् । 

भीमको पनि याे पहिलो शतक हो । भीमले यसअघि चार अर्धशतक बनाएका थिए । 

भीम र अनिलबीच कीर्तिमानी साझेदारी बनेको छ । यसअघि एक सय ७१ रनको साझेदारी भएको थियो । कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेट लागि जिम्बावेविरुद्ध एक सय ७१ रनको साझेदारी गरेका थिए । 

यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रन बनाएको थियो ।

सुझावित समाचार