![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/राष्ट्रपति-रनिङ-सिल्ड2024-02-11-12-57-17.jpeg)
संखुवासभाको खाँदबारी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि हिमालय माध्यमिक विद्यालयले जितेको छ।
शनिबार भएको फाइनल खेलमा हिमालय माविले २४ स्वर्ण, नाै रजत र १० कांस्यसहित उपाधि हात पारेको हो। प्रतियोगितामा मनकामना मावि तुम्लिङटारले १८ स्वर्ण, १३ रजत र नाै कांस्यसहित दोस्रो स्थानमा चित्त बुझाउँदा सूर्य आवासीय माविले १४ स्वर्ण, तीन रजत र ३ कांस्यसहित तेस्रो स्थान हासिल गरेको छ।
प्रतियोगितामा नगरभित्रका १९ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका थिए। जसमा १३ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयले सहभागिता जनाएका खाँदबारी नगरपालिका शिक्षा शाखा प्रमुख दीपकमणि घिमिरेले बताए।
खेलाडीलाई शनिबार एक कार्यक्रमबीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगिता खाँदबारी नगरपालिका– ७ स्थित खाँदबारी रंगशालामा सञ्चालन भएको थियो। प्रतियोगितामा भलिबल, कबड्डी, सटपुट, लङजम्प, ज्याभलिङ थ्रो, दौडलगायतका खेलहरू सञ्चालन गरिएको थियो।