१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकामा रुघाखोकी देखिए के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१o:oo

अहिलेको चिसो मौसममा बालबालिकामा विभिन्न समस्या देखिन्छन् । भाइरल इन्फेक्सनले नाक र घाँटीमा असर पर्ने, ज्वरो आउनेलगायत समस्या देखिन सक्छ । धेरैमा हुने इन्फ्लुएन्जा ‘ए’ र ‘बी’ हो । अलि साना बालबालिकामा रेस्पिरेटरी सिन्साइटल भाइरस (आरएसबी) हुन सक्छ । त्यस्तै, अरू इन्फ्लुएन्जा र एडोनो भाइरसलगायतले पनि विभिन्न समस्या देखाउँछ । 

- सिँगान बगिरहने, चिडचिडाहट, खोकी, ज्वरो, भोक कम लाग्ने, राम्रो निद्रा नलाग्नेलगायत विभिन्न समस्या देखिन सक्छ । 

- बिरामी हुँदैमा आत्तिएर अस्पताल लैजानुपर्दैन । सामान्य रुघाखोकीको उपचार घरमै पनि गर्न सकिन्छ । बच्चालाई सामान्य रुघाखोकी लागेको छ भने घरमै पनि उपचार गर्न सकिन्छ । नुनपानीले नाक सफा गरिदिने, तुलसीको पानी बनाएर खुवाउने, झोलिलो कुरा प्रशस्त खुवाउने, न्यानोमा राख्नेलगायत कुरामा ध्यान दिन जरुरी छ । परिवारमा कसैलाई रुघा धेरै लागे वा बिरामी छन् भने साना बच्चा र बुढाबुढीसँग उनीहरूलाई घुलमिल हुन दिनुहुँदैन । भिडभाडमा लैजानुहुँदैन । यति गर्दा पनि ठीक नभएमा वा बच्चालाई गाह्रो भएमा अस्पताल लैजानुपर्छ ।

ध्यान दिनुस् 
बच्चासँग रहने व्यक्तिले हात नियमित धुुनुपर्छ । यसो हुँदा बच्चामा संक्रमण सर्ने खतरा कम हुन्छ । बच्चालाई बिरामी भिडभाडमा लैजानुहुँदैन । धूम्रपान गरेलगत्तै बच्चाको नजिक जानुहुँदैन । बच्चाका खेलौना, लुगा, उसले प्रयोग गर्ने सामग्री र बच्चा बस्ने स्थान सफा राख्नुपर्छ ।

कुन अवस्थामा अस्पताल लैजाने ?
- रुघाखोकीका वेला बच्चालाई दम बढ्न सक्छ । केही बच्चामा ज्वरो आएको वेला बेहोस हुने र काम्ने समस्या हुन्छ । त्यस्तो वेलामा अलि ख्याल गर्नुपर्छ । अस्पतालमा गएर देखाउँदा राम्रो हुन्छ । त्यस्तै, सास फेर्न अप्ठ्यारो भयो भने तुरुन्त अस्पताल लैजानुपर्छ । त्यसबाहेक रुघाखोकी वा ज्वरोको वेला बच्चालाई बेहोस हुने समस्या छ भने तुरुन्त अस्पताल नै आउनुपर्छ । 

- सकेसम्म ससाना बच्चामा खोकीको औषधि र अन्य एन्टिबायोटिक औषधि प्रयोग नगर्नु नै राम्रो हुन्छ । यदि औषधि दिनैपरे चिकित्सकको सल्लाहअनुसार दिनुपर्छ । तर, कतिपय अभिभावकले बच्चा सामान्य बिरामी हुनासाथ एन्टिबायोटिक र कफसिरप खुवाउने गरेको पाइन्छ । शरीरलाई केही ब्याक्टेरिया आवश्यक पनि पर्छ । अत्यधिक एन्टिबायोटिक सेवनले शरीरलाई चाहिने ब्याक्टेरिया पनि मर्न सक्छ । त्यसले गर्दा बच्चा बारम्बार बिरामी हुने अवस्था हुन्छ । 

- खोकी लागेका वेला कतिपयले कफसिरप प्रयोग गरेको पाइन्छ । तर, यसले राम्रो गरेको छैन । यसको अनावश्यक प्रयोगले नोक्सान गर्ने अध्ययनले नै देखाएको छ । त्यस्तै, अर्को गल्ती भनेको हामीले बालबालिकालाई ज्वरो आए, छातीमा समस्या भए बारबार एक्स–रे गराउँछौँ र रगतको जाँच गराउँछौँ । यी गर्न नहुने कुरा हुन् । त्यसैले के गर्ने र के नगर्ने भनेर अभिभावकले बुझ्न  आवश्यक छ । 

ad
ad