
मानिस कपाल झरेर हैरान भइरहेका हुन्छन् । वंशानुगत कारण, हार्मोनल परिवर्तन, अटोइम्युन डिसअर्डर, शरीरमा पोषक तत्वको कमीलगायत विभिन्न कारणले कम उमेरमै कपाल झर्ने हुन्छ । थाइराइड, पोलिसिस्टिक ओभरी सिन्ड्रोम, प्युबर्टीलगायत समस्याका कारण पनि कपाल चाँडै झर्न सक्छ ।
कम उमेरमा कपाल झर्ने समस्याबाट बच्नका लागि स्वस्थ आहार लिनुपर्छ । तनाव लिनुहुँदैन र आराम गर्नुपर्छ । कपाललाई धेरै टाइट गरेर बाँध्दा पनि टुक्रने र झर्ने जोखिम रहन्छ । कपालको सुरक्षाका लागि एन्टिफंगल औषधि र स्याम्पु प्रयोग गर्न सकिन्छ ।
ट्रिटमेन्ट वा कलर गरेका कारण पनि कपाल चाँडै झर्न सक्छ । केमिकलले कपाललाई धेरै हानि पुर्याउँछ । थाइराइड हर्मोनको असन्तुलनका कारण कपाल झरिरहेको छ भने यसलाई सन्तुलनमा ल्याउने कोसिस गर्न सकिन्छ । जसकारण कपाल फेरि बढ्न थाल्छ । कोर्टिकोस्टेराइड्स इन्जेक्सन, मल्हम र औषधिका माध्यमबाट पनि कपाल झर्ने समस्या ठीक गर्न सकिन्छ ।