१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : राप्रपा अध्यक्ष लिङ्देन

अब पछाडि फर्किने होइन, सबै पक्ष मिलेर नवीन सम्झौता गरेर देशलाई अगाडि बढाऔँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३१:oo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । अहिले गणतन्त्र नभई लुटतन्त्र मच्चिएको भन्दै केही सीमित दल र ती दलका पनि केही नेताको मुठ्ठीमा देश कैद हुन पुगेको उनको भनाइ छ । 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले राप्रपाले देश पछाडि फर्कन होइन, नयाँ सम्झौता गरेर अगाडि बढ्न ढिला गर्न नहुने बताए । उनले सबै मिलेर नयाँ सम्झौता गरेर देशलाई अगाडि बढाउनुपर्ने बताए । 

‘देश टक्क अडिएको छ । देश भ्रष्टाचार र लुटमा मात्र अगाडि बढेको छ । भ्रष्टाचार कहाँ छ भनेर होइन, कहाँ–कहाँ छैन भनेर हेर्नुपर्ने विद्यमान अवस्था छ,’ उनले भने, ‘सरकार प्रगति र सुशासनको कुरा गर्छ, तर यही सरकार र विगतमा समेत मिलेर देश लुट्ने काम भएको छ । गणतन्त्रको अभ्यासका वर्षमा सबै सरकारले देश लुटेका छन् ।’

उनले दूरसञ्चारसम्बन्धी सेवा प्रदायक संस्थाहरूले दिइरहेको सेवाको गुणस्तरमाथि पनि प्रश्न उठाए । ‘अहिले टेरामक्स जो सुनिराखेका छौँ, टेरामक्स भनेको के हो ? दूरसञ्चारसम्बन्धी सेवाप्रदायक संस्थाहरूले जुन सेवा दिन्छौँ भनेका छन् त्यो गुणस्तरको सेवा दिएका छन् कि छैनन् ? जुन सेवा पायौँ भनेर रकम तिर्छौँ, त्यो पाएको छ कि छैन भनेर हेर्ने प्रविधि हो टेरामक्स,’ उनले भने, ‘त्यो ल्याउने क्रममा भ्रष्टाचार भयो । त्यो प्रविधि भित्र्याउनमै भ्रष्टाचार भयो भनेर त्यो प्रविधि भित्र्याउन रोकिएको छ । ल्याउने क्रममा पनि खाने, भित्र्याउन नदिएर पनि लुट्ने काम चलिरहेको छ ।’

उनले अहिले अवलम्बन गरेको राजनीतिक प्रणालीमै दोष रहेको जिकिर गरे । यही प्रणालीबाट जनताले अपेक्षा गरेको परिवर्तन कुनै हालतले सम्भव नभएको उनले दाबी गरे । 

ad
ad