१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १८ व्यक्ति– कम्पनीविरुद्ध प्रहरीमा जाहेरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२४:oo

सूर्यदर्शन सहकारीका बचतकर्ताको निक्षेप हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनसहित १८ व्यक्ति–कम्पनीविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

सूर्यदर्शन बचतपीडित संघर्ष समितिले सोमबार लामिछाने र पुनसहित सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेस्ट, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल इस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा गु्रप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालिसहितविरुद्धको जाहेरी कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापालाई बुझाएको हो । 

सहकारीको रकम हिनामिनासम्बन्धी सरकारी निकायले गरेको अध्ययन प्रतिवेदनका आधारमा थप १८ विरुद्ध जाहेरी दिइएको संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । जाहेरी दिइएका अन्य व्यक्ति र संस्था सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जिबी) र सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसँगका विभिन्न कम्पनीमा जोडिएकाले जाहेरी दिइएको श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले भने सहकारीपीडितको पूरक जाहेरी आएको बताए । सहकारीका एक हजार ३६ बचतकर्ताको एक अर्ब ११ करोड ठगी प्रकरणमा एउटा मुद्दा यसअघि नै अदालतमा पुगिसकेको छ । जिल्ला अदालत कास्कीले १९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन भने पनि चारजना मात्र कारागार चलान भएका छन् । बाँकी १५ जना फरार छन् ।

ad
ad