Skip This
जुम्लामा हिमपात, हिउँदे बालीलाई राहत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २१ आइतबार
  • Saturday, 27 July, 2024
२o८o माघ २१ आइतबार १५:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा हिमपात, हिउँदे बालीलाई राहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २१ आइतबार १५:५५:oo

आइतबार बिहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ।

अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनालीलाई निकै राहत पुगेको गुठीचौर गाउँपालिका स्थानीय दीपक बुढाले बताए। हिउँ पर्न थालेपछि बढेको अत्यधिक जाडोले जुम्लाको जनजीवन कष्टकर बनेको छ।

निजी विद्यालयमा पठनपाठन बन्द भएको स्थानीय सरिता थापाले जानकारी दिइन्। अहिले लगातार हिउँ परेको छ। सरकारी  कार्यालय खुले पनि सेवाग्राही सेवा लिन नआएको तिला गाउँपालिकाले जनाएको छ।

जिल्लाको  तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ। हिउँ परेपछि सदरमुकाम खलंगाको बजार बन्द भएको छ। यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन्। 

हिमपातका कारण हिउँदे बालीलाई निकै राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुष्मा बुढाले बताइन् । स्याउका नयाँ बिरुवा लगाउने समय पनि भएकाले हिउँ पर्दा सहज भएको उनको भनाइ छ। हिमपातपछि कर्णालीको हवाई सेवा अवरुद्ध भएको छ।