१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ २१ आइतबार १३:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचनाको खोजी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ २१ आइतबार १३:१९:००

पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ।

कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौं महानगरको प्राविधिक टोली जग्गाको सीमांकनसहित खोजी कार्यमा जुटेको हो।

कोषका प्रवक्ता रेवतीरवण अधिकारीले भने,  ‘शुक्रबारदेखि महानगरको  प्राविधिक टोलीको सहयोगमा हामीले जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमांकनसहित खोजी कार्य सुरु गरेका छौँ। एक–दुई दिनमा सीमांकन र जग्गा खोजीकाे काम सकेर त्यस्ता संरचनालाई भत्काइनेछ।’

कामपा– ८ गाँचा पोखरीमा तीन रोपनी ६ आना एक पैसा, वडा नम्बर ३ भगवानस्थानमा तीन रोपनी आठ आना जग्गा र सिफलस्थित लामा पोखरीमा अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको प्रवक्ता अधिकारीले राससलाई जानकारी दिए।

कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिए।