१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

वन्यजन्तु तस्कर कुन्जेक सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:५६:oo

वन्यजन्तु तस्करीबाट आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतले कुन्जोक छिरिङ तामाङलाई दोषी ठहर गर्दै सजाय निर्धारणको पेसी तोकेको छ । आइतबार विशेषले एक वर्षअघि दायर मुद्दामा कसुर कायम गर्दै सजाय निर्धारणको पेसी तोकेको हो । विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार २७ वैशाखमा उनीमाथि सजाय निर्धारण हुनेछ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट यस्तो फैसला भएको हो । कुन्जोकमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ जेठ ०८० मा मुद्दा दायर गरेको थियो । उनले वन्यजन्तुको अखेटोपहार ओसारपसारसमेत गरी गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको हो ।

विशेषलाई प्राप्त प्रमाणबाट उनले सात करोड १४ लाख रुपैयाँभन्दा बढी व्यय तथा आर्जन गरेको भेटिएको थियो । जसमध्ये ६ करोड ४७ लाख रुपैयाँ उनको वैध आय छ भने स्रोत पुष्टि हुन नसकेको ६७ लाख ६५ हजार रुपैयाँ कसुरबाट आर्जित रहेको इजलासको निष्कर्ष छ । 

विशेषले उनलाई एकदेखि चार वर्षसम्म सजाय हुन सक्ने भन्दै सजाय निर्धारणका लागि अर्को पेसी तोकेको हो । कुन्जोकलाई जिल्ला अदालत रसुवाले पनि वन्यजन्तुसम्बन्धी अपराधमा दोषी ठहर गरेको छ । उनलाई तीन वर्षअघि जिल्ला अदालत रसुवाले सात वर्ष कैद सजायका साथै एक लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो । उनीसमेतको समूहले लामो समयदेखि निकुञ्जहरूबाट वन्यजन्तुको चोरी–सिकारी र तस्करी गर्दै आएको खुलेको थियो ।

ad
ad