१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लर्ड बुद्ध एजुकेसनका  एक सय ५० विद्यार्थी दीक्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:२९:oo

सूचना प्रविधिसम्बन्धी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबाट यो वर्ष एक सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्ड बुद्धबाट एमएस्सी, एमबिए, बिबिएम र बिएस्सीमा एक सय ५० जना विद्यार्थी दीक्षित भएका हुन् । 

काठमाडौंमा आयोजित कार्यक्रममा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत दतुक परमजित सिंहले प्रमाणपत्र हस्तान्तरण गरेको फाउन्डेसनले जनाएको छ । कलेजको २५ वर्षको इतिहासमा १३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भइसकेको जनाइएको छ । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनले मलेसियामा फाइभ स्टार र्‍यांक प्राप्त गर्न सफल भएको फाउन्डेसनको दाबी छ । सूचना प्रविधिसम्बन्धी सो विश्वविद्यालय विश्वका उत्कृष्ट विश्वविद्यालयमध्ये १६औँ स्थानमा पर्न सफल भएको जनाइएको छ । 

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले नेपालमा पढ्दै कमाउँदै नीतिलाई व्यावहारिक कार्यान्वयन गर्दै लगेको अध्यक्ष जालानले बताए । उनले भने, ‘लर्ड बुद्धबाट बाहिर निस्किएपछि प्रत्येक विद्यार्थीले आफू, परिवार र राज्यप्रतिको जिम्मेवारी थपिएको महसुस गर्नेछन् भन्ने विश्वास लिएको छु । स्वदेशमै प्रशस्त अवसर छ, सम्भावनाको ढोका खोल्ने पनि तपाईंहरू आफैँले हो ।’

ad
ad