१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २० बिहीबार १७:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाँच वर्षसम्म बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन

तीनपटक म्याद थप्दा बल्ल ९० प्रतिशत काम

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:११:oo

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा तीन सय शय्याको भवन  निर्माण कार्य अझै पूर्ण हुन सकेको छैन। साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि निर्माण पूरा भएको छैन।

सहरी विकास मन्त्रालयबाट ३१ करोड ६ लाख २० हजार एक सय ४७ रुपैयाँमा काम गर्ने ठेक्का पाएको काठमाडौंको कन्टेकट जेई जेभीले १६ पुस  ०७५ मा भवन निर्माणको सम्झौता गरेको थियो। निर्माण कम्पनीले १५ असार ०७८ भित्र भवन निर्माण गरिसक्नुपर्ने थियो। तर, निर्माण कम्पनीले तीनपटक म्याद थप गराए पनि अझै काम सम्पन्न गरेको छैन।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अवधेश मिश्रले भवन निर्माण नहुँदा थुप्रै समस्या भोग्नु परिरहेको बताए। ‘ओपिडी, बिल काउन्टर, इमर्जेन्सी सबै ठाउँमा समस्या छ। भवन बने अस्पतालको व्यवस्थापन सजिलै हुन्छ,’ उनले भने, ‘बिरामीलाई हुने समस्या कम हुन्छ, सेवा प्रवाह पनि तीव्र बन्छ।’

सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख प्रदीपकुमार सिंहका अनुसार ठेकेदार कम्पनीलाई आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ। उनले भने, ‘ठेकेदार कम्पनी कन्टेकट जेई जेभीलाई आगामी ६ महिनाभित्र जसरी पनि निर्माण कार्य सकेर हस्तान्तरण गर्न निर्देशन दिएका छौँ,’ उनले भने, ‘संसदीय समितिको अनुगमनपछि ‘करो या मरो’ हिसाबले काम गर्न भनेका छौँ।’

संघीय संसद्को पूर्वाधार विकास समितिले गत कात्तिक २३ मा गजेन्द्रनारायण सिंह अस्पतालको भवनसहित जिल्लामा निर्माणाधीन आयोजनाहरूको अनुगमन गरेको थियो। समितिको निर्णयअनुसार सप्तरी २ बाट निर्वाचित संघीय सांसद डा. चन्द्रकान्त राउत संयोजकत्वको टोलीले अनुगमन गरेको थियो।

ad
ad