१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o९:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकाे अध्यक्षमा तोरण गुरुङ निर्वाचित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:२१:oo

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)काे अध्यक्षमा तोरणबहादुर गुरुङ  निर्विरोध निर्वाचित भएका छन् । क्विन्सको उडसाइडस्थित धर्महाउसमा आइतबार भएको फिप्नाको नवौँ महाधिवेशनले सर्वसम्मत रूपमा तोरणबहादुर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

सिन्धुपाल्चोकमा जन्मिएका नवनिर्वाचित अध्यक्ष गुरुङ द गुरुङ (तमु) सोसाइटी इंक युएसएका निवर्तमान अध्यक्ष हुन् । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा तुलबहादुर तामाङ, महिला उपाध्यक्षमा ममता राई, क्षेत्रीय उपाध्यक्षमा रामकृष्ण महर्जन तथा महासचिवमा दीपक चौधरीलाई सर्वसम्मत चयन गरेको छ ।यसैगरी, कार्यसमिति सदस्यमा शान्ति गुरुङ, तीर्थराज लामा र दावा साङ्बु ढोक्प्यालाई सवसम्मत रूपमा चुनिएका छन् । 

फिप्नाले हाल खाली रहेको कार्यसमितिको कोषाध्यक्ष, दुईवटा सचिव, सहकोषाध्यक्ष र एक महिलासहित दुईजना कार्यसमिति सदस्य पछि मनोनयन गर्ने जनाएको छ। 

फिप्नाको सभामुखमा भारती राई र उपसभामुखमा चम्पाकुमारी तामाङ सर्वसम्मत निर्वाचित भएका छन्। नवनिर्वाचित सभामुख राई किराँत राई सोसाइटी अफ अमेरिकाकी केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत हुन् । यसैगरी उपसभामुख तामाङ फिप्नाको सचिवमा कार्यरत थिइन् ।

नवनिर्वाचित अध्यक्ष गुरुङले आदिवासी जनजातिको अधिकार स्थापित गर्नका लागि नेपाल सरकारसँग सहकार्य गर्ने, विभिन्न संघसंस्थासँग सहकार्य गर्नका लागि नेटवर्क सञ्जाल विस्तार गर्ने, नेपाललाई चिनाउन नेपाल डे परेडसँग नै सहकार्य गर्ने वा नेपाली मेला गर्ने भन्नेबारेमा सबै सदस्य संस्थाहरूसँग सहकार्य गरेर अघि बढ्ने बताए । 

अध्यक्ष गुरुङले फिप्नालाई अझ बलियो बनाउन र आर्थिक सबलीकरणका लागि फन्डरेजिङ कार्यक्रम गर्ने, साथै स्थानीय सरकारसँग पनि सम्बन्ध विस्तार गर्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, नवनिर्वाचित महासचिव चौधरी थारू एस्ड फ्रेन्ड्स एसाेसिएसनका उपाध्यक्ष तथा फिप्नाका निवर्तमान सहकोषाध्यक्ष हुन् ।

महाधिवेशनले महासचिवको प्रतिवेदन, अध्यक्षको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। फिप्नाको नवौँ अधिवेशन सम्पन्न गर्नका लागि फिप्नाका सल्लाहकार नवीन शेरचनको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

निर्वाचन समितिमा विष्णु राणामगर तथा कृष्णा महर्जन सदस्य रहेका थिए । निर्वाचित कार्यसमितिलाई निर्वाचन प्रमुख नवीन शेरचनले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

फिप्नाका निर्वतमान अध्यक्ष राजकुमार विष्टले नवौँ अधिवेशन सहमति र सहकार्यमा सम्पन्न भएकाले यसले ऐतिहासिक महत्व राख्ने बताए ।  विष्ट हिमाली भेगलाई प्रतिनिधत्व गर्दै फिप्नामा अध्यक्ष भएका थिए ।

निवर्तमान अध्यक्ष विष्टले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । फिप्नामा १७ वटा जातीय संस्थाहरू आबद्ध छन् ।

ad
ad