१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विमानस्थल घटनामा संलग्न प्रहरीलाई कारबाही नगरे देशभर अध्यागमन सेवा ठप्प पार्ने संयुक्त ट्रेड युनियनको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:१o:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीमाथि आक्रमण भएको घटनामा संलग्न प्रहरीमाथि कारवाही नगरे देशभरका अध्यागमन सेवा ठप्प पार्ने चेतावनी कर्मचारीहरूले दिएका छन्।

आइतवार विभिन्न दलसम्बद्ध पाँच प्रमुख ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारवाही गर्न माग गरिएको छ। अन्यथा अध्यागमन कार्यालयलगायत देशव्यापी रुपमा कार्यालयको सेवा वन्द गर्नेलगायतका आन्दोलनका थप कार्यक्रम घोषणा गर्न वाध्य हुने उनीहरुको चेतावनी छ।

गृहमन्त्रीलाई सम्बोधन गरी मुख्य सचिव र गृह सचिवलाई बोधार्थसहितको संयुक्त ज्ञापनपत्रमा भनिएको छ, ‘हालै भएको घटनाप्रति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा क्रियाशील ट्रेड युनियनको तर्फवाट २०८० माघ १२ गते प्रेषित विज्ञप्तिमा कालोपट्टी वाँधी सेवा प्रवाह गरिरहेको विरोधको कार्यक्रमप्रति राष्ट्रियस्तरका ट्रेड युनियनका तर्फवाट समर्थन जनाउँदै उक्त घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारवाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापी रुपमा कार्यालयको सेवा वन्द गर्नेलगायतका आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी वाध्य हुने व्यहोरा यसै ज्ञापनपत्रमार्फत जानकारी गराउँदछौं।’

हेर्नुहाेस् ज्ञापनपत्र :

 

 

ad
ad