१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ ९ मंगलबार १८:५५:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मण्डलामा बिहीबारदेखि ‘मासिन्या’ मञ्चन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ ९ मंगलबार १८:५५:००

बुद्धि तामाङ र सोनाम लामाको निर्देशन तथा परिकल्पना रहेको नाटक ‘मासिन्या’ थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म मञ्चन हुने भएको छ।

नाटकको कथालाई राबत, राजु स्याङ्तान र लक्ष्मी रुम्बाले लेखेका हुन्। नाटक मञ्चनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार भेटघाटमा बोल्दै लेखक राजु स्याङ्तानले ‘मासिन्या’मा तामाङ समुदायले भोगेको पीडा र संघर्षको कथा समेटिएको बताए।

उनले ‘मासिन्या’तामाङ समुदायलाई राज्यसत्ताले गरिरहेको विभेदविरुद्धको अर्को सिर्जनात्मक हस्तक्षेप रहेको बताए। ‘नाटकले जंगबहादुरको समयदेखि अहिलेसम्म सुन्दर तामाङ बस्तीहरू कसरी रित्तिँदै गएको छ भन्ने कथा भन्छ,’ उनले भने, ‘हामीले कविता त लेख्यौँ। अब यतिले पुगेन भन्ठानेर नाटक ल्यायौँ। हाम्रो मौलिकता बोकेको माटो, हाम्रै पीडाको कथा भन्न हामीले नाटकको माध्यम रोजेका छौँ।’

लेखक लक्ष्मी रुम्बाले समुदायभित्र गढेर बसेको पीडालाई नाटकका रूपमा समूहको पहिलो प्रयास भएको बताइन्। तामाङको मात्र नभएर नाटकले समग्र राज्य प्रणालीको विभेदमा पिल्सिएका सीमान्तकृत समुदायको कथा व्यक्त गर्ने उनको भनाइ छ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले अहिलेको खुला र गणतान्त्रिक राज्य प्रणालीको समाजमा सबैले आफ्नो कुरा राख्न सिर्जनात्मक बाटो रोज्नुपर्ने बताए। ‘हामीले एकले अर्काको कुरा सुनेर अब एक हुनुपर्छ। राणाकाल, पञ्चायतजस्तो कालमा हामीले आफ्नो कुरा राख्न पाएनौँ। अब बन्दुकले होइन सिर्जनामार्फत हस्तक्षेप गर्नुपर्ने हुन्छ,’ उनको भने।

नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनील तामाङ, रोहनी लामा, शीतल थोकर, रूपेश तामाङ, इंगिहोपो कोइँच सुनुवारलगायत कलाकारहरूको अभिनय छ।