१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

दर्शकको मागपछि थप १० दिन मञ्चन हुँदै ‘मासिन्या’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१३:oo

थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’ थप १० दिन मञ्चन हुने भएको छ। नाटक हेर्न आउने दर्शकको चाप नघटेपछि यही माघ २८ गतेसम्म मात्रै मञ्चन हुने भनिएको नाटक फागुन १२ गतेसम्म चल्ने भएको हो।

दर्शकको बढ्दो मागलाई मध्यनजर गर्दै नाटकको मञ्चन अवधि थप गर्नुपरेको ताम्सालिङ संघर्ष समित सचिवालयका सदस्य बाबुराम लोप्चनले बताए।

माघ ११ गतेदेखि मञ्चन सुरु गरिएको नाटकलाई चार हजारभन्दा बढी दर्शकले हेरिसकेका मण्डला बक्स अफिसले जनाएको छ।

उपत्यकाबाहेक मकवानुपर, दाङ, पोखरा, धरान, विराटनगर, दमकलगायतका स्थानबाट नाटक हेर्नका लागि दर्शक आएका छन्। राजनीतिकर्मीदेखि सुकुमवासी बस्तीसम्मका दर्शक सहभागी भएकाले समुदाय विशेष सिर्जनामा थप हौसला मिलेको नाटकका लेखक राजु स्याङ्तानले बताए।

‘नाटक हेर्ने दर्शकमा तामाङ मात्र नभएर गैरतामाङहरूको पनि उल्लेख्य उपस्थिति रहेको छ,’ ‘उनले भने, ‘यसले तामाङ सुमदायलाई हेर्ने परम्परागत नजरिया नै परिवर्तन भएको छ। यो हामीजस्ता स्रष्टाका लागि सुखद कुरा हो।’

नाटक लेखनमा स्याङ्तानसहित लक्ष्मी रुम्बा र राबत छन्। समुदाय विशेष कथा नाटकमा लिएर आएको समूहको यो पहिलो प्रयास भएकाले दर्शकको अभाव पर्ला कि भन्ने अनुमान थियो। अत्यधिक दर्शकको मायाले नै अझै सिर्जनामा जिम्मेवारी थपिएको लेखक राबतले सुनाए।

बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशन रहेको नाटकमा रूपेश तामाङ, रोहनी लामा, सानुमाया तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, विकास लामा, सुनिल तामाङ, विजय नेपाललगायतका कलाकारले अभिनय गरेका छन्।

ad
ad