१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख २४ सोमबार १८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

‘प्रथम म्याग्दी कप’ भलिबल प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:१८:oo

म्याग्दी सदरमुकाम बेनीमा ‘प्रथम म्याग्दी भलिबल कप २०८०’ सुरु भएको छ। म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुलामञ्चमा मंगलबारदेखि सुरु भएको प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुनेछ। 

प्रतियोगितामा जिल्लाका अन्तरमावि छात्र/छात्रा तथा महिला र पुरुष शिक्षकहरूबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गरेका हुन्।

भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँका अनुसार प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ विद्यालयको सहभागिता रहेको छ। पुरुष शिक्षकतर्फ २० र महिला शिक्षकतर्फ १० वटा विद्यालय सहभागी भएका छन्।

प्रतियोगिताको छात्र/छात्रातर्फ प्रथम हुने विद्यालयलाई नगद रु. ५० हजार र द्वितीय हुनेलाई नगद रु. २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ। त्यस्तै, महिला/पुरुष शिक्षकतर्फ प्रथम हुनेलाई नगद रु. २० हजार र द्वितीय हुनेलाई नगद रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका महासचिव कुमार किसानले जानकारी दिए।

त्यस्तै, विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीलाई रु. ५ हजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीलाई रु. २ हजार ५ सय पुरस्कारको समेत व्यवस्था गरिएको छ। म्याग्दी कपको मुख्य प्रायोजकको रूपमा बेनी नगरपालिका–४ मा रहेको गौमती विकास कोष रहेको छ।

ad
ad