१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

रुपन्देहीका २५ प्रतिशत इँटा उद्योग मात्रै सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o९:oo

बजारमा इँटाको माग न्यून हुँदा रुपन्देहीका इँटा उद्योग धराशायी हुने अवस्थामा पुगेका छन्। बैंकको चर्को ब्याज, स्थानीय तहहरूको मनलाग्दी कर, कच्चा पदार्थको अभावलगायत समस्याका कारण उद्योग धराशायी भएका उद्योगीहरूले बताएका छन्।

लुम्बिनी इँटा उद्योग व्यवसायी संघले भैरहवामा पत्रकार सम्मेलन आयोजना गरी व्यवसाय जोगाउन सहयोग गर्न सरकारसँग आग्रह गरेको छ। पत्रकार सम्मेलनमा संघका अध्यक्ष अजयकुमार गुप्ताले पुस महिनामा पनि उद्योगीहरू निराश हुनुपरेको बताए।

आर्थिक मन्दीका कारण रुपन्देहीमा रहेको ५२ वटा इँटा उद्योगमध्ये २५ प्रतिशत पनि सञ्चालनमा आउन नसकेको गुप्ताको भनाइ छ। अहिले जिल्लामा करिब आठ करोडवटा मात्र इँटा माौज्दात रहेका छन्। यसपटक रुपन्देहीको हिरा इँटा उद्योग, एभरेष्ट इँटा उद्योग र जेएम इँटा उद्योगले मात्र उत्पादनको लागि प्रक्रिया सुरु गरेको गुप्ताले बताए।

लामो समयसम्म तराईमा घाम नलागेको कारण उत्पादन गर्न सुरसार गर्ने उद्योगहरूले पनि उत्पादन गर्न नपाएको गुप्ताको भनाइ छ। उनका अनुसार चलेका इँटा उद्योगहरू पनि ५० प्रतिशतभन्दा कम उत्पादन गर्ने अवस्थामा छन्। ‘अहिले समग्र उद्योगीहरूको आर्थिक चक्र नै प्रभावित बनेको छ,’ गुप्ताले भने।

अहिलेको अवस्थामा सरकारले मूल्य अभिवृद्धि करमा लाग्ने हर्जाना तथा स्थानीय तहहरूले बढाएको विभिन्न कर हटाइदिन उद्योगीहरूले आग्रह गरेका छन्। संघका महासचिव दीपक पौडेलले मौज्दात इँटाहरू पनि बैंकको दबाबका कारण सस्तोमै बेच्नु परिरहेको बताए। आठदेखि १० वटा इँटा उद्योगहरू लिलामीमा चढेको उनको भनाइ छ।

प्रत्येक वस्तुको बिमा हुने गरे पनि सरकारको नीतिका कारण काँचो इँटाको बिमा नहुने हुँदा बर्सेनि करोडौँ रुपैयाँको नोक्सानी व्यहोर्दै आएको नेपाल इँटा उद्योग व्यवसायी महासंघका सल्लाहकार हरिप्रसाद अधिकारीले बताए।

ad
ad