१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पाँच खेलाडी पिपल्स च्वाइसमा मनोनयन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१५:oo

एनएसजेएफ पल्सस स्पोर्टस् अवार्ड, २०७९ अन्तर्गत पिपल्स च्वाइस विधामा पाँच खेलाडी मनोनयनमा परेका छन् । फुटबलका डिफेन्डर अनन्त तामाङ र भलिबलकी स्पाइकर निरुता ठगुन्नासहित पाँच खेलाडी पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेको बुधबार नेपाल खेलकुद पत्रकार मञ्चले जानकारी दिएको हो । मनोनयनमा कराँतेका विप्लवलाल श्रेष्ठ, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ परेका छन् । 

फुटबलका अनन्तले आफ्नो कप्तानीमा चर्च ब्वाइज युनाइटेडलाई ए डिभिजन लिगको डेब्यु सिजनमै च्याम्पियन बनाएका थिए । गत महिना दशरथ रंगशालामा भएको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई उपाधि उनले दिलाएका थिए । यी दुवै लिगमा उनी सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । 

यसैगरी, कराँतेका विप्लवलालले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराँते च्याम्पियनसिपमा रजत पदक हात पारेका थिए । गत असोजमा चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा दुई बाउट जित्न सफल भएका थिए । भलिबलमा निरुता काभा महिला भलिबल च्यालेन्ज कपमा कांस्य विजेता भएकी थिइन् । उनी केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन् । शारीरिक सुगठनकी रजनी नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजीमाथि तौल समूहकी स्वर्ण विजेता हुन् । 

शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो भन्ने मान्यतालाई चिर्दै रजनी नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएकी छिन् । टेबलटेनिसकी सिक्का डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन् । 

विजेताको टुंगो भोटिङबाट
यस विधाको विजेता इसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जालको मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ । इसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटीमा आबद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत हुने मञ्चका महासचिव प्रज्जव ओलीले जानकारी दिएका छन् । 

यसैबीच, इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अवार्डका अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड रहेका छन् । 

ad
ad