१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मधेशविरुद्ध सूर्यको ह्याट्रिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:o८:oo

प्रधानमन्त्री कप (पिएम) एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार चार दिन ब्याट्सम्यान चम्किरहे । प्रतियोगिताको सुरु भएको चार दिनसम्म चार ब्याट्सम्यानले शतकीय इनिङ्स खेलेका छन् । तर, मंगलबार मूलपानी क्रिकेट मैदानमा एक बलर चम्किए ।

बागमती प्रदेशका बायाँहाते स्पिनर सूर्य तामाङले २९औँ ओभरमा घरेलु क्रिकेटमै आफ्नो उत्कृष्ट प्रदर्शन गरे । उनले मधेशविरुद्धको खेलमा यसै ओभरमा ह्याट्रिकसहित चार विकेट आफ्नो नाममा लेखाए । समग्रमा सूर्यले नौ ओभरमा १८ रन खर्चेर सर्वाधिक ६ विकेट हात पारे । घरेलु क्रिकेटमा उनको यो नै अहिलेसम्मकै उत्कृष्ट बलिङ स्पेल हो । 

प्रतिस्पर्धामा उनले तीन मेडन ओभर पनि फ्याँकेका थिए । सूर्यको घातक बलिङको मद्दतमा बागमतीले मधेशलाई ८६ रनले हरायो । मूलपानीको मैदानमा पहिलो ब्याटिङ गरेको बागमती ४९.२ ओभरमा एक सय ९० रनमा समेटिएको थियो । मधेशका ब्याट्सम्यान सूर्यको बलिङ सामना गर्न नसक्दा २९ ओभरमा एक सय चार रनमै अलआउट भयो । जितसँगै बागमती १० टोली सहभागी प्रतियोगिताको छैटोँ स्थानमा छ । बागमतीले तीन खेलमा एक जित र दुई हारको सामना गरेको छ । 

२९औँ ओभरमा चार विकेट
लक्ष्य रक्षा गरेको इनिङ्सको २९औँ ओभरमा बागमतीका कप्तान रित गौतमले सूर्यलाई बल दिए । २८औँ ओभरको समाप्तिसम्म मधेश १०४–६ को सहज स्थितिमा थियो । तर, सूर्यले २९औँ ओभरमा घातक बलिङ गरेपछि मधेशले बाँकी चार विकेट सून्य रनमा गुमायो । इनिङ्सको २९.१ ओभरमा रुपेश सिंह बोल्ड भए । २९.२ ओभरमा राजेश यादव विकेट पछाडि रविन जोशीबाट स्टम्पिङ भए । इनिङ्सको २९.३ ओभरमा सामद अन्सारी क्याच आउट हुँदा सूर्यले ह्याटिङक लिए । चालु पिएम कपको यो पहिलो ह्याट्रिक हो । सूर्य यती रोकिएनन् । उनले इनिङ्सको २९.५ ओभरमा रन्जि कुमारलाई एलबिडब्लूको धरापमा राखी एकै ओभरमा चार विकेट लिन सफल भए । 

सूर्यले मधेशका अन्तिम तीन खेलाडीलाई डक आउट गरेका हुन् । मधेशका प्रतिस जिसीले १० रन खर्चेर दुई विकेट हात पारे । इशान पाण्डेले २४ रन खर्चेर दुई विकेट लिए । मधेशको ब्याटिङमा पवन सर्राफले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । यसैगरी, ओपनर मायान यादवले ४९ बल सामना गरी तीन चौका र एक छक्काको सहयोगमा ३१ रन जोडे । 

ad
ad