१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

अवसर गुमाइरहेका छन् मलेसियाली प्रधानमन्त्री इब्राहिम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:३४:oo

दक्षिण–पूर्वी एसियाली राजनीतिमा सबैभन्दा रहस्यमय व्यक्तित्व अनवर इब्राहिमले अहिले मलेसियाको प्रधानमन्त्रीको रूपमा एक वर्षभन्दा बढी समयदेखि सेवा गरिरहेका छन् । त्यो देशको कमजोर राजनीतिमा सत्तामा बस्नु एउटा उपलब्धि हो । हालैका वर्षमा मलेसियाका राजनीतिक दल विभाजित छन् र प्रधानमन्त्रीहरू आउने र जाने क्रम जारी छ । ७६ वर्षीय अनवरले आफ्नो सत्तारुढ गठबन्धनलाई सुदृढ पार्ने काममा आफ्नो ध्यान केन्द्रित गरेका छन् । तैपनि सत्तामा उनको असाधारण बाटोमा उब्जिएका दुई प्रश्नहरू (जसमा राजनीतिक रूपमा प्रेरित अभियोगमा वर्षौं जेल समावेश छ) अहिले झन् महत्वपूर्ण छन् । उनी केका लागि खडा हुन्छन् ? अनि शक्तिमा पुगेपछि उनले के गर्छन् ?

यदि अनवर प्रखर बोल्थे र उनको बोलीमा एकरूप हुन्थ्यो भने जवाफ स्पष्ट हुन्थ्यो । सुधार उनको करिअरको अधिकांश समय उनको प्रतीक चिह्न बनेको छ । उनले मलेसियाका संस्थाहरूलाई अझ प्रजातान्त्रिक र राजनीतिक हस्तक्षेपको जोखिम घटाउन आधुनिकीकरण गर्नुपर्ने तर्क गरे । उनले पैसा र राजनीतिको नराम्रो सम्बन्ध तोड्ने वाचा गरे । उनले निष्पक्ष तर अधिक उत्पादनशील अर्थतन्त्रको वाचा गरे ।

अनवरले नेतृत्व गरेको प्रमुख राजनीतिक समूह पाकटन हरापान (पिएच) वा आशाको गठबन्धन पनि ती उद्देश्यमा खासै प्रतिबद्ध छैन । सहरी जातीय–चिनियाँ र भारतीय अल्पसंख्यक साथै उदार मलायहरूको समर्थन प्राप्त यो गठबन्धन सुधारवादी र बहुजातीय छ । यसले जातीय–मले र बहुसंख्यक मुस्लिमबाट दशकौँसम्म फाइदा लुट्ने जातीय राजनीतिको विरोध गर्छ ।

तर, पदमा रहेका अनवर अझै गम्भीर नीतिमा लागेका छैनन् । यसको सट्टा केही स्वीकार्य प्रभावशाली परिणामका साथ उनी धेरै हदसम्म आन्तरिक राजनीतिमा केन्द्रित छन् । नोभेम्बर २०२२ मा सम्पन्न चुनावबाट बनेकोे त्रिशंकु संसद्मा अनवरको आफ्नै पार्टीको भन्दा पनि ध्रुवीकरण गर्ने इस्लामिक पार्टीको सबैभन्दा बढी सिट थियो ।  जे होस् अनवरले पाकटन हरापानबाहिर रहेका दललाई रोकेर र सरकार गठनका लागि सहयोग गर्न मनाएर सत्तामा पुग्ने असम्भव बाटोमा हिँडे । अन्य दलहरू उनको ‘एकता’ सरकारमा सामेल भइरहेका छन्, जसले अब संसद्को शक्तिशाली दुईतिहाइको कमान्ड गरेको छ । 

डिसेम्बर १२ मा अनवरले पहिलोपटक आफ्नो मन्त्रिपरिषद् फेरबदल गरे, जुन कदम उनको बढेको शक्ति संकेत गर्ने उद्देश्यले थियो । यातायातमन्त्री र अनवरका सहयोगी एन्थोनी लोक तर्क गर्छन् कि ‘संसद्मा यस्तो बलियो स्थितिको साथ, हामीले शासनमा ध्यान केन्द्रित गर्न सक्षम हुनुपर्छ, प्रमुख नीतिहरूमा संक्रमण र अर्थतन्त्रको विकासमा केन्द्रित हुनुपर्छ ।’

अनवरको आफ्नो गठबन्धन विस्तार गर्ने प्रयासले उनलाई नराम्रो सम्झौतामा धकेल्यो । एकता सरकारको प्रमुख समर्थक युनाइटेड मलायज नेसनल अर्गनाइजेसन (युएमएनओे)को अवशेष हो, जसले सन् २०१८ मा उसले नेतृत्व गरेको गठबन्धन बारिसन नेसनलको भंग हुनुअघिसम्म स्वतन्त्रतापछिको राजनीतिमा प्रभुत्व जमायो । अनवरले बारिसनको पतनमा भूमिका खेले । आज यसका प्रमुख अहमद जाहिद हमिदी उनको सरकारका उपप्रधानमन्त्री छन् । जाहिदले विश्वासको उल्लंघन, भ्रष्टाचार र पैसा शुद्धीकरणलगायत दर्जनौँ आरोपहरू सामना गरे (जसलाई उनले अस्वीकार गर्दै आएका छन्) । सरकारले मुद्दाअघि नबढाउने निर्णय गरेपछि सेप्टेम्बरमा उच्च अदालतले उनलाई रिहा गरेको थियो ।

प्रधानमन्त्री अनवरले बारिसनलाई आलिंगन गर्नु (जुन कमजोर मलेसियाली राजनीतिको प्रतीक हो) भनेको सुधारवादीका पूर्वसमर्थकलाई निराश पार्ने एक मात्र चिज होइन । अदालतहरू राजनीतिक हस्तक्षेपको जोखिममा रहन्छन् । धेरै शक्ति प्रधानमन्त्रीको कार्यालयमा केन्द्रित छ (अनवरले अर्थ मन्त्रालय पनि सम्हालेका छन्) । पैसा शुद्धीकरणमा निकै आवश्यक कानुन अघि बढेको छैन ।

दक्षिण–पूर्वी एसियाका विद्वान् ब्रिजेट वेल्सका अनुसार मलेसियालीहरूको एउटा ठूलो समूहले उनलाई सत्तामा पुर्‍याए पनि अनवरले ध्रुवीकृत समाजमा सहिष्णुता बढाउन धेरै न्यून काम गरेका छन् । वास्तवमा एक युवा इस्लामिक आन्दोलनकारीको रूपमा आफ्नो राजनीतिक करिअर सुरु गरेका अनवरले मलाय अन्धविश्वास र धार्मिकतालाई बढ्दो सन्तुष्टि दिइरहेका छन् । अनवरका समर्थक भन्छन् कि मलेसियाका संस्थानहरू पुनर्निर्माण गर्ने उनको इच्छा अझै घटेको छैन । तर, उनको गठबन्धनको प्रकृतिले अहिलेको लागि गम्भीर प्रगतिलाई रोकेको छ ।

गठबन्धन सरकारको समर्थन उल्लेखनीय देखिए पनि सुधारविरोधी युनाइटेड मलायज नेसनल अर्गनाइजेसन (युएमएनओ) गठबन्धनबाट बाहिर गयो भने सरकार कमजोर हुनेछ । अन्य दलहरू पनि सरकारबाट बाहिरन सक्छन् । अर्को चुनावमा हरापानलाई बहुमत दिलाउँन राजनीतिक अवरोधबीच सभ्य रूपमा शासन गर्ने उनको उत्तम रणनीति रहेको उनका समर्थक बताउँछन् । त्यसपछि गम्भीर सुधार सुरु हुन सक्छ । यसबीचमा अनवरले विदेशी लगानी आकर्षित गर्नेजस्ता काम गर्न सक्छन् । 

तर, ०२७ सम्म निर्वाचन हुनेछैन । अनवरको सुधारको स्पष्ट त्यागको लागत छ । यसले मलेसियालीहरूको राजनीतिप्रति बढ्दो मोहभंगलाई बलियो बनाउँदै छ । अनि कसरी हुन सकेन ? तिनीहरूको लामो–प्रतिज्ञा गरिएको परिवर्तनको विजेता अहिले यसका लागि बाधाजस्तो देखिन्छ ।

– द इकोनोमिस्टबाट
 

ad
ad