१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राप्ती दुर्घटना अपडेट : १२ मृतकमध्ये ८ जनाको सनाखत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o८:oo

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबाहक बस खस्दा मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत भएको छ। अन्य चारजना मृतकको सनाखत हुन बाँकी छ। 

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार बाँके जिल्ला बस्ने वर्ष ६०का  कुसुम बस्नेत,  मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रागिरि बस्ने वर्ष ६५ का ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्ष ४० का मुनबहादुर रावत, बाँकेका वर्ष ३० का रामवरण हरिजन, रुकुमका वर्ष २५ का दीपक कामी र भारत बिहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भइसकेको छ।

घाइतेमध्ये केहीलाई बुटवल र नेपालगन्ज तथा केहीलाई भालुवाङ अस्पतालमा उपचार जारी राखिएको छ। घटनालगत्तै पुगेको प्रहरीले पाँचजनालाई उद्धार गरी अस्पताल पठाउँदा उनीहरूको अस्पतालमै चिकित्सकले मृत्यु घोषणा गरेका थिए। पछि बसले च्यापिएको अवस्थामा सातजनाको शव जेसिबीले निकालेको हो।  

शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो। नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक रात्रि बस पुलबाट खसेको हो। बस तीव्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

ad
ad