१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनसेल र मौसम विज्ञान विभागबीच पूर्वसूचना प्रवाह गर्ने सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३८:oo

 एनसेलले जल तथा मौसम विज्ञान विभागसँग सम्झौता गरेको छ । सम्झौतापछि एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपबारे पूर्वसूचना प्रवाह गर्ने भएको छ । एनसेल र विभागले पूर्वसूचना प्रणालीअन्तर्गत १३ वटा प्रकोपबारे आमजनमानसलाई प्रकोपपूर्व सूचना प्रवाह गर्नेछ । ती १३ प्रकोपमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावाहुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषणलगायत रहेका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले बुधबार एनसेलको कर्पोरेट कार्यालय एनसेल आइकन, लैनचौर, काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सहकार्यबारे विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले पूर्वसूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्वसूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिए । कुनै प्राकृतिक विपत् घट्नुभन्दा अगावै प्राप्त हुने पूर्वसूचना र त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान हुने बताए । 

त्यस्तै, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विभागसँग १३ वटा विपत्लाई पूर्वसूचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसलाई सम्भावित जोखिमबारे सूचित गर्दै आ–आफ्ना सामान लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिने बताइएको छ । 
 

ad
ad