१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २१:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि राइनासलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २१:४२:oo

लमजुङमा आयोजित जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि राइनास नगरपालिकाले हात पारेको छ। 

क्व्होलासोथार गाउँपालिका–३, स्मार्ट भिलेज सुखी गाउँ घलेगाउँमा आयोजना गरिएको जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा राइनास नगरपालिकाले उपाधि जितेको हो। 

प्रतियोगितामा १३ स्वर्ण, नौ रजत र सात कास्यसहित राइनास उपाधि जित्न सफल भएको हो। ११ स्वर्ण, नौ रजत र चार कास्यसहित बेँसीसहर नगरपालिका द्वितीय बनेको छ। ६ स्वर्ण, ११ रजत र आठ कास्यसति सुन्दरबजार नगरपालिका तृतीय बनेको छ।

यस्तै, महिला भलिबलमा बेँसीसहर नगरपालिका प्रथम, मर्स्याङ्दी गाउँपालिका द्वितीय र राइनास नगरपालिका तृतीय बनेको छ। पुरुषतर्फ मध्यनेपाल नगरपालिका प्रथम, राइनास नगरपालिका द्वितीय र मर्स्याङ्दी गाउँपालिका तृतीय बनेको छ।

प्रतियोगितामा छात्राछात्र हाइजम्म, लङजम्प, त्रिपलजम्प, सर्टफुट, एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, एक हजार पाँच सय मिटर, तीन हजार मिटर दौड, एक सय इन्टु चार रिले दौड प्रतियोगितासमेत सञ्चालन गरिएको थियो।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाका खेलाडी सहभागी रहेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ। 

जिल्लामा प्रथम हुने टिम र खेलाडीले गण्डकी प्रदेशले आयोजना गर्ने प्रदेशस्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा भाग लिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु) ले बताए।

ad
ad