Skip This
वीरगन्ज महानगरको १४औँ अधिवेशन : चालू आर्थिक वर्षको बजेट संशोधन, २५ करोड बढ्यो  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २५ बुधबार
  • Saturday, 27 July, 2024
तिवारी यादव वीरगन्ज
२o८o पौष २५ बुधबार १७:११:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

वीरगन्ज महानगरको १४औँ अधिवेशन : चालू आर्थिक वर्षको बजेट संशोधन, २५ करोड बढ्यो  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २५ बुधबार १७:११:oo

वीरगन्ज महानगरपालिकाको नगरसभाको १४औँ अधिवेशनले चालू आर्थिक वर्षको वार्षिक बजेटमा २५ करोड रुपैयाँ थप गर्नुका साथै विभिन्न योजना तथा कार्यक्रमहरू परिमार्जन गरेको छ।

बुधबारदेखि सुरु १४औँ अधिवेशनको नगरसभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालू आर्थिक वर्षको बजेट थप गरेको हो। 

अधिवेशनले विनियोजन ऐन ०८० मा समावेश भएको चालू आर्थिक वर्ष ०८०-८१ को वार्षिक बजेट तीन अर्ब २१ करोडमा २५ करोडबाट बढाएर तीन अर्ब ४६ करोड पुर्‍याएको छ। 

अधिवेशनले खानेपानीका लागि महानगरवासीको चार हजार घरधुरीमा धारा जडान गर्न ८० लाख रुपैयाँ थप छुट्याएको नगरसभामा महानगरप्रमुख राजेशमान सिंहले बताए। भारतीय दूतावाससँगको सहकार्यमा महानगरका चार हजार घरधुरीमा धारा जडानका लागि थप बजेट छुट्याइएको उनले बताए। 

दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरी धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नुपर्ने २० प्रतिशत रकम विनियोजन गरेको उनले जानकारी दिए। 

बुधबारदेखि सुरु नगरसभामा महानगरप्रमुख सिंहले विभिन्न विधेयकहरू पनि पेस गरे। वीरगन्ज महानगर सभाको कार्य सञ्चालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं संवर्द्धन विधेयक, संघसंस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक सभामा पेस गरिएको हो। 

साथै, बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजतसम्बन्धी कार्यविधि ०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयक पनि पेस भएको छ।

आवश्यक कानुन अभावमा काम गर्न असहज भएकाले सभामा विधेयक पेस गरेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए। बुधबारदेखि सुरु नगरसभामा उपप्रमुख इम्तियाज आलम तथा नगरसभा सदस्यहरूको सहभागिता रहेको छ।